शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टीजरमा यस्तो छ ‘लभ यू हमेशा’

आइतबार, ०५ साउन २०७६, १८ : ००
आइतबार, ०५ साउन २०७६

काठमाडौं – ‘लभ यू हमेशा’को प्रदर्शन मिति परिवर्तन भएको छ । ६ भादौ प्रदर्शन मिति तोकिएको फिल्म तीन सातापछि सरेर २७ भदौमा पुगेको छ । 

निर्माण युनिटले राजधानीमा एक कार्यक्रमका बीच फिल्मको रिलिज मिति सरेको जानकारी गराएको हो । कार्यक्रममा रोमान्टिक लभस्टोरी जनरामा निर्माण भएको फिल्मको अफिसियल टीजर समेत सार्वजनिक गरिएको थियो । टीजरमा प्रेम, रोमान्स, धोका र द्वन्द्वको पाटो समेटिएको छ । 

यशराज, ऋचा थापा, फिजा योन्जन, शिशिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ लगायतको मुख्य अभिनय रहेको फिल्म भास्कर प्रधानले निर्देशन गरेका हुन् । 

धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सह–निर्माता रहेको यो फिल्म भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौंमा खचिएको छ । एनवि महर्जनको द्वन्द्व निर्देशन, भासुको संगीत, कमल राईको कोरियोग्राफी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप