शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दोस्रो सगरमाथा म्युजिक अवार्ड हुने

आइतबार, ०५ साउन २०७६, १७ : ५८
आइतबार, ०५ साउन २०७६

काठमाडौं – रेस्पोन्सिभ मिडिया प्रालिले गत बर्षबाट सुरु गरेको म्युजिक अवार्ड ‘सगरमाथा म्युजिक अवार्ड’ले यो बर्ष पनि निरन्तरता पाउने भएको छ । आयोजक रेस्पोन्सिभ मिडियाले आइतबार एक बिज्ञप्ती जारी गर्दै ‘सगरमाथा म्युजिक अवार्ड २०७६’को आवेदन खुल्ला भएको जानकारी दिएको हो ।
२०७५ बैशाखदेखी चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन २५ गतेसम्म तोकिएको छ । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अध्यक्ष मनोज थापाले जानकारी दिए । 
‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।
सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ  । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप