शाओमीको आधिकारिक सर्विस सेन्टर ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा
काठमाडौं– शाओमी नेपालले आफ्नो आधिकारिक सर्विस सेन्टर ताम्राकार कम्प्लेक्समा सञ्चालनमा ल्याएको छ । शाओमीका स्मार्टफोन प्रयोगकर्ताहरुको सुविधालाई ध्यानमा राखेर शाओमी नेपालले ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा आफ्नो आधिकारिक सर्विस सेन्टर सञ्चालनमा ल्याएको हो ।
शाओमीको आधिकारिक सर्विस सेन्टरको उद्घाटन शाओमी नेपालका कन्ट्रि हेड सौरभ कोठारी, शाओमीका साउथ एशिया सर्विस हेड मिन्तेस कुमार, टेली डिरेक्टका संजय अग्रवाल, वत्सल इम्पेक्सका गौरव शारदा, इसीआरसीका संजित पौडेललगायत कम्पनीका अधिकारीहरु तथा प्रतिनिधिले संयुक्तरुपमा गरे ।
सो सर्विस सेन्टरमा शाओमीको कुनै पनि स्मार्टफोन, एसेसरिजको मर्मत सर्विस उपलब्ध हुनेछ भने ग्राहकहरुको चाहनाअनुसार विभिन्न किसिमका एसेसरिज पनि किन्न सकिने सुविधा उपलब्ध रहेको छ ।
सर्विस सेन्टरले नेपाली सेवाग्राहीहरुलाई शाओमीको अन्तर्राष्ट्रिय स्तरको सर्विस दिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा