शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साझा पार्टीद्वारा ७ केन्द्रीय सदस्य मनोनित (नामसहित)

आइतबार, ०५ साउन २०७६, १५ : ४४
आइतबार, ०५ साउन २०७६

काठमाडौं– साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थपेको छ । पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा आज बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । 

नयाँ सदस्यहरुमा कीर्ति तुलाधर, सुमित्रासिंह लामा, नारायण कोइराला, विकल शेरचन, रोहित थापा, भीमप्रसाद अधिकारी र विकु लामा रहनुभएको पार्टी प्रवक्ता डा सूर्यराज आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ सदस्य थपिएसँगै साझा पार्टीको केन्द्रीय समिति ३३ सदस्यीय भएको छ । 

साझा पार्टीले देशैभरिबाट उल्लेख्य सङ्ख्यामा महिला र युवालाई पार्टीको केन्द्रीय समितिमा छिट्टै सामेल गर्ने जनाएको छ । पार्टीका संयोजक रवीन्द्र मिश्रले विविध क्षेत्रमा उपलब्धि हासिल गरेका फरक पृष्ठभूमिका व्यक्ति पार्टी निर्माणमा संलग्न हुनुले आम नागरिकमा पार्टीप्रतिको आशा र विश्वासलाई पुनः पुष्टी गरेको उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप