सरकारले जनताको अपेक्षाअनुसार काम गर्न सकेन: राणा
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । अध्यक्ष राणाले आईतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रिय कार्य समिति बैठकमा बोल्दै जनताको भारी मत पाएर बनेको शक्तिशाली सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका हुन् ।
उनले कुनै पनि उल्लेख्य काम गर्न नसकेको वर्तमान सरकारले भ्रष्टाचार समेत नियन्त्रण गर्न नसकेको दावी गर्दै आक्रोश पनि व्यक्त गरे । अध्यक्ष राणाले दुई तिहाई मत पाएको सरकारले भ्रष्टाचार समेत नियन्त्रण गर्न नसकेकाले त्यसको विरोधमा आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए ।
बैठकमा पार्टीका अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पनि जनताको भावनाअनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । दुई दिनसम्म चल्ने बैठकले भ्रष्टाचार नियन्त्रण गर्न, मुलुकलाई सही बाटोमा अघि बढाउन ठोस धारणा तय गर्ने अध्यक्ष राणाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी