काँग्रेस प्रतिष्ठान समितिको निर्णय: सातै प्रदेशमा पशिक्षण, तीन समिति गठन
काठमाडौं– नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ६ वटा निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको प्रतिष्ठानको बैठकले महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षणदेखि विभिन्न समिति पनि गठन गरेको छ ।
जसअनुसार सातवटै प्रदेशका १२ स्थानमा महाधिवेशन प्रतिनिधिका लागि दुईदिने प्रशिक्षण आयोजना गर्ने भएको छ । पार्टी कार्यायलका सचिव मुक्ति आचार्यका अनुसार प्रशिक्षण कार्यक्रम साउन १६ गतेदेखि सुरु गरिने छ ।
प्रतिष्ठानको बैठकले डा.जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समितिको गठन गरेको छ । जसमा आरजु राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रसिस महरा समिति सदस्य रहेका छन् ।
त्यसै, तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन गरिएको छ । सो समिति सदस्यमा भद्रा पराजुली (भण्डारी) र रामजी कंग्रेन छन् । खिलानाथ दाहालको संयोजकत्वमा स्रोत व्यवस्थापन समिति गठन गरिएको छ । सदस्यमा सुभाष पोखरेल, डा.प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगीरथ पोद्दार र योगराज शर्मा कँडेल छन् ।
बैठकले काँग्रेसबाट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा विजयी जनप्रतिनिधिका लागि काठमाडौंमा राष्ट्रिय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
-
अमेठीमा उम्मेदवारी दिनुअघि राहुल गान्धीले अयोध्यामा रामको दर्शन गर्ने
-
माओवादीको स्थगित जागरण अभियान सञ्चालन अन्योलमा