शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘आमा’मा सुयमालाको ठाउँमा मिथिला

आइतबार, ०५ साउन २०७६, १४ : ४९
आइतबार, ०५ साउन २०७६

काठमाडौं – दीपेन्द्र के खनालको निर्देशन रहने फिल्म ‘आमा’को मुख्य पात्र परिवर्तन गरिएको छ । निर्माण युनिटले यसअगाडि फिल्मको मुख्य पात्र ‘आमाको भूमिकाको लागि सुर्यमाला खनाल छानेको थियो । तर छायाँकनको लागि फ्लोरमा निस्कने समयमा भने उनको ठाउँमा मिथिला शर्मा परिवर्तन गरिएको हो ।

‘पर्यात पानी नपरेका कारण फिल्मको छायाँकन गर्न सकिएको छैन । यस हिसाबले जाने हो भने फिल्मको छायाँकन पूरा हुन एक डेढ वर्ष लाग्न सक्छ’, निर्देशक खनालले भने ‘सूर्यमाला खनाल असोजमा जसरी पनि पारिवारिक कामले अमेरिका जानुपर्ने भएकाले उहाँको मिथिला राखिएको हो ।’

केही अगाडि घोषणा भएको फिल्म असारको दोस्रो साताबाट छायाँकनमा जाने तयारीमा थियो । तर प्रयाप्त पानी नपरेको कारण फिल्मको छायाँकन सुरु हुन सकेको छैन । ‘आमा’का हरेक दृश्यले बर्षाद मागेको कारण फिल्मको सुटिङ हुन नसकेको निर्देशक खनाले खुलाए । 

‘पानी पर्छ भनेर अरु निर्देशकले असार साउनमा फिल्मको छायाँकन राख्दैन् । मेरो फिल्मको लागि पानी आवश्यक थियो , तर लगातार बर्षा नहुँदा फिल्म सुरु गर्न सकेको छैन’ निर्देशक खनालले थपे ‘दैनिक क्यामेरा र आर्टिस्टसहित पानी कुरेर बसिरहेको छु ।’

हुन त फिल्म छायाँकनका लागि कृत्तिम पानी पार्ने प्रविधि नेपालमा नभएको होइन । तर फिल्म कम्प्रमाइज नगरि उत्कृष्ट बनाउने उदेश्यले उनी पानी कुरिरहेका हुन् । साउन दोस्रो सातामा पानीले साथ दिने उनको विश्वास रहेको छ । 
‘पशुपति प्रसाद’ पछि समिक्षकबाट राम्रो तारिफ नपाएका निर्देशक खनालको ‘आमा’ महत्वकांक्षी फिल्म हो । ‘आमा’ सबैले मन पराउने फिल्म बन्ने उनले दाबी गरे । आमा र छोरी बीचको भावनात्मक सम्बन्धको कथा भन्ने फिल्ममा छोरीको भूमिका अभिनेत्री सुरक्षा पन्तले निर्वाह गर्न लागेकी छन् ।

काठमाडौं र रामेछाप आसपासमा छायाँकन हुने फिल्म शर्मिला पाण्डेको निर्माण गर्न लागेकी हुन् भने यसको सह–निर्मातामा सन्तोष अधिकारी रहेका छन् । आउँदो फागुन ९ गते प्रदर्शन मिति तोकिएको फिल्ममा मिथिलार सुरक्षाको अलवा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको समेत मुख्य भूमिका रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप