नागढुंगाबाट २ केजी सुनसहित एक युवक पक्राउ
काठमाडौं– अबैध रुपमा लुकाईछिपाई ल्याएको करिव २ किलो सुनसहित एक जनालाई महानगरीय प्रहरी वृत्त थानकोटले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं–५ स्याफ्रोबेशी घर भएका बर्ष १७ का भिमबहादुर तामाङ रहेका छन् । प्रहरीले तामाङलाई चन्द्रागिरि नगरपालिका २ नागढुंगामा पक्राउ गरेको हो।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाले बिशेष सूचनाको आधारमा भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५२ नम्बरको यात्रुबाहक बसलाई गोप्य सूचनाको आधारमा चेक गर्दा दुई केजी सुनसहित तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरी प्रमुख थापाका अनुसार तामाङलाई चेक जाँच गर्ने क्रममा उनीबाट कम्बरमा बाँधिएको सुन बरामद गरिएको हो । उनले ६ सेमि लम्बाई र ११ सेमि मादलजस्तो गोलाई भएको सुनसहित तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको थापाले बताए ।
तामाङ सुन कम्बरमा बोकेर रसुवा गल्छी हुँदै भैरहवाबाट काठमाडौं आउँदै थिए । प्रहरीले उनलाई सुनसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना