शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नसिरुद्दीन शाहले १५ वर्ष जेठी नायिकासँग विवाह गरे, त्यसपछि अर्की अभिनेत्रीसँग लिभ इनमा थुप्रै वर्ष बिताए

आइतबार, ०५ साउन २०७६, १२ : ४९
आइतबार, ०५ साउन २०७६

बलिउड नायक नसिरुद्दीन शाह शनिबार ७० वर्ष पुगे । उनको गन्ती फिल्मी उद्योगका सबैभन्दा उत्कृष्ट नायकमध्ये हुन्छ । आफ्नो करियरमा उनले नेशनल फिल्म अवार्डदेखि फिल्मफेयर अवार्डसम्म जितेका छन् । यसका साथै हिन्दी सिनेमामा आफ्नो योगदानका लागि उनी पद्मश्री र पद्मभूषण अवार्ड पनि जितिसकेका छन् ।

उनको जन्म उत्तर प्रदेशको बाराबंकीमा एक मुस्लिम परिवारमा भएको थियो । आफ्नो अभिनय करियमा उनले निशान्त, आक्रोश, स्पर्श, मिर्च मसाला, एलबर्ट पिन्टोको गुस्सा क्यों आता हे, त्रिकाल, जुनून, मन्डी, अर्ध सत्य, कथा र जाने भी दो यारोजस्ता फिल्ममा काम गरे ।

अभिनय करियरः

उनले सन् १९८० मा फिल्म ‘हम पाँच’ मा काम गरे । त्यसपछि सन् १९८२ मा फिल्म दिल आखिर दिल हे मा काम गरे जसमा उनी नायिका राखीसँग देखिए । त्यसपछि उनी फिल्म मासूममा देखिए जुन सन् १९८३ मा रिलिज भयो । सन् १९८६ मा नसिरुद्दीन शाह मल्टी स्टारर फिल्म ‘कर्म’ मा देखिए यसमा दिलिप कुमार पनि थिए । यो फिल्म निकै हिट साबित भएको थियो । यसबाहेक उनले गुलामी, त्रिदेव, विश्वात्मा, मोहराजस्ता फिल्ममा काम गरे ।

अन्तरराष्ट्रिय फिल्ममा पनि काम गरेः

शाहले थुप्रै अन्तरराष्ट्रिय प्रोजेक्ट्समा पनि काम गरे । सन् २००१ मा उनी फिल्म मनसुन वेडिंगमा देखिए । यसबाहेक उनले पाकिस्तानी फिल्म इन्डष्ट्रिमा पनि काम गरे ।

१५ लाख जेठी मुस्लिम युवतीसँग विवाह गरेः

टाइम्स नाउ न्यूजका अनुसार शाहको कम उमेरमा नै प्रेम बस्यो । जब उनी १९–२० वर्षका थिए तब उनलाई मनारा सिकरी नामकी युवतीसँग प्रेम बस्यो जसलाई परवीन मुराद नामले पनि चिनिन्थ्यो । जब शाह १९–२० वर्षका थिए तब मनारा ३६ वर्षकी थिइन्, उमेरमा यति धेरै भिन्नता हुँदा पनि दुबैले विवाह गरे । दुबैको एक छोरी पनि छन् जसको नाम हिबा शाह राखियो ।

शाहले एक अन्तरवार्तामा उनको त्यो विवाहको निर्णय गलत भएको बताएका थिए । छोरी ६ महिनाको हुँदा उनी श्रीमतीबाट अलग्गिए । एक अन्तरवार्तामा उनले छोरी ८ वर्षको हुँदासम्म नभेटेको बताए ।

नायिका रतना पाठकसँग बस्यो प्रेमः

७० को दशकमा शाहलाई नायिका रतना पाठकसँग प्रेम बस्यो । दुई लामो समयसम्म लिभ–इन सम्बन्धमा रहे । पछि शाहले मनारालाई सम्बन्धविच्छेद दिए र सन् १९८२ मा शाह र रत्ना पाठकले विवाह गरे । दोस्रो विवाहबाट नसिरुद्दीन शाहका इमाद र विवान नामका दुई छोरा भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप