बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इरानले जारी गर्‍‍यो बेलायती तेल ट्यांकर कब्जा गर्दाको भिडियो

आइतबार, ०५ साउन २०७६, १२ : २३
आइतबार, ०५ साउन २०७६

एजेन्सी । इरानको ‘रिभोलुसनरी गार्ड कोर्प’ (आईआरजीसी)ले शुक्रबार ‘स्ट्रेट अफ हरमुज’मा बेलायती तेल ट्याकंर कब्जा गरेको भिडियो फुटेज जारी गरेको छ । 

अलजजिराका अनुसार ‘स्टेना इम्पेरो’ नाम रहेको तेल ट्यांकर रिभोलुसनरी गार्डस्ले हरमोज्गन बन्दरगाहको आग्रहमा कब्जामा लिइएको थियो । जहाजले ‘स्ट्रेट अफ हरमुज’बाट आवगमन गर्दा अन्तराष्ट्रिय जलमार्ग नियम सम्मान नगरेको आरोप लगाएको छ । 

घटनाको भिडियोमा कालो मास्क लगाएका इरानी सेना हेलिकप्टरबाट तेल ट्याकंरमा झरेको देखिन्छ । 

भिडियोमा ‘रिभोलुसनरी गार्ड’का कयैन साना डुंगाले ठूला तेल ट्याकरलाई घेरा हालेको देखिन्छ । जहाजमाथि सेनाको हेलिकप्टर उडेको केही पछि कालो मास्क लगाएका कयैन मानिस जहाजमा झरेको देखिन्छ । 

भिडियो कम्तीमा पनि दुई वटा क्यामेराले खिचिएको बुझिन्छ । जसमध्य एटा डुंगाजस्तो गतिमा रहेको वाहनबाट खिचिएको देखिन्छ र अर्को हेलिकप्टरबाट मानिसहरु डोरीबाट झर्ने तयारी गर्दै गर्दाको समयमा । त्यसका साथै ट्याकंरको हवाई फुटेज पनि लिइएको छ । 

यस घटनाको संयुक्त अधिराज्य र उसको युरोपेली सहयात्रीले विरोध गरेका छन् । यी शक्तिले महत्वपूर्ण क्षेत्रमा तनाव कम गराउन आह्वान गरिरहेका थिए । 

संयुक्त अधिराज्यका विदेश मन्त्री जेरेमी हन्टले आफूहरुको कदम ‘सोचविचारयुक्त हुने तर कडा हुने’ बताएका छन् । 

‘स्ट्रेट अफ हरमुज’ हुदैं विश्वको २० प्रतिशत कच्चा तेल निर्यात हुने भएकाले यसलाई निक्कै महत्वपुर्ण मानिन्छ । समून्द्रको उक्त साँघुरो भाग इरान र ओमनको बीचमा अवस्थित छ । 

स्टेना इम्पेरोको स्वामित्व भएको स्टेना बल्कले जहाज कब्जा हुदाँको समयमा २३ क्रू सदस्य रहेको बताएका छन् । तर तिनमा कोही पनि ब्रिटिस छैनन् । सबैभन्दा धेरै भारतीय छन् । २३ मध्य १८ जना भारतीय क्रु सदस्य रहेको जानकारी आएको छ । 

इरानले भने ब्रिटेनको ट्यांकर कब्जालाई जुलाई ४ मा उसको ट्याकंर कब्जासँग जोड्न खोजेको छ । 

एक ट्वीट गर्दै यी दुई तेल ट्याकंरको कब्जाबारे टिप्पणी गरेका छन् । इरानका विदेशमन्त्री मोहम्मद जावेद जारिफले इरानी ट्याकंरको कब्जालाई ‘समून्द्री डकैती’को संज्ञा दिदैं आफू शुक्रबारको आफूहरुको ब्रिटिस तेल ट्यांकरको कब्जालाई अन्तराष्ट्रिय समून्द्रीमार्गको नियम लागु गर्ने प्रयास भनेका छन् । 

जहाजलाई छाड्नु अघि कानुनी प्रक्रिया पुरा गराइने जब्बारीले बताए । ‘इरानले स्ट्रेट अफ हरमुजको जलमार्गमा गर्नुपर्ने काम गरेको मात्र हो ,’ इरानी अधिकारीले भने । 

जहाज कब्जा गर्ने इरानको कदमलाई इरानसँगको आणविक सम्झौतामा हस्ताक्षर गर्ने युरोपेली राष्ट्रले आलोचना गरेको छ । 

इरानको पछिल्लो कदमले अमेरिका सम्झौताबाट बाहिरिएपछि असहजतामा झन् कठिनता निम्त्याएको बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप