शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘एभेन्जर्सः इण्डगेम’ फिल्म ‘अवतार’लाई उछिनेर बन्यो विश्वको सबैभन्दा धेरै कमाउने फिल्म

आइतबार, ०५ साउन २०७६, १२ : १३
आइतबार, ०५ साउन २०७६

एजेन्सी । अन्तत, मार्भल स्टुडियोको फिल्म ‘एभेन्जर्सः इण्डगेम’ले ‘अवतार’लाई कमाइमा उछिनेको छ । मार्भल सिनेमेटिक यूनिर्भसको सबैभन्दा ठूलो बजेटको फिल्म ‘एभेन्जर्सः इण्डगेम’ले जेम्स क्यामरुनको फिल्म ‘अवतार’लाई विश्वव्यापी बक्स अफिसमा उछिनेको हो । 

द हलिउड रिपोर्टरका अनुसार यो समाचार मार्भस स्टुडियोका प्रमुख केभिन फेइग आफैले सान डिएगो कमिक–कन–२०१९मा घोषणा गरेका हुन् । 

द हलिउड रिपोर्टरले अघिल्लो पटक जारी गरेको तथ्याकंमा ‘एभेन्जर्स इण्डगेम’को कुल आय २.७८९२ अर्ब डलर छ । जुन ‘अवतार’भन्दा पाँच लाख डलर कम हो । अब नयाँ आकंडा आउदाँ यो भिन्नता मेटिने आस गरिएको छ । 

डिस्ने स्टुडियोको सह–अध्यक्ष र प्रमुख कला अधिकृत एलान हर्नले जारी गरेको वत्तव्यमा भनिएको छ ,‘ (फिल्म निर्माता) मार्भल स्टुडियो र वाल्ट डिज्ने स्टुडियोको टिमलाई धेरै धेरै बधाई । एभेन्जर्सः इण्डगेमलाई यो ऐतिहासिक उचाईमा पु-याउने विश्वभरीका प्रसंशकलाई धेरै धेरै धन्यवाद ।’

प्रदर्शनमा आएको पहिलो हप्तामै  इण्डगेमले १.२ अर्ब अमेरिकी डलर कमाई गरेको थियो । त्यस्तोमा फिल्मले छिट्टै ‘अवतार’ले गरेको कमाईमा उछिन्ने अनुमान गरेको थियो । तर दोस्रो हप्तामै फिल्मको कमाईमा उलेख्य -हास आयो । त्यसले त्यो सम्भावना टर्ने आशंका माझ फिल्मलाई पुनः प्रदर्शनमा ल्याइएको थियो । 

‘इण्डगेम’लाई केही छानिएका बजारमा पुनः प्रदर्शनमा ल्याइएको थियो । पुनः प्रदर्शनको क्रममा फिल्म स्टुडियोले उसको पछिल्लो फिल्म ‘स्पाडरम्यानः फार फ्रम होम’को केही प्रचार सामाग्री थपेर बाहिर ल्याएको थियो । 
पुनः प्रदर्शन गरिएको फिल्ममा थप ६ मिनेटको अतिरिक्तसामाग्री राखिएको छ । यसमा मार्भल कमिक्सका संस्थापक स्ट्यान लीप्रति श्रद्धान्जली पनि समावेश छ । 

‘एभेन्जर्सः इण्डगेम’ एभेन्जर्स शृङ्खलाका फिल्महरु मध्य सबैभन्दा राम्रो समिक्षा भएको फिल्म हो । समिक्षकहरुको समिक्षा संग्रह गर्ने ‘रोटन टम्याटो’ नामक वेबसाइटमा १०० मध्य ९४ प्रतिशत समिक्षकले यस फिल्मलाई राम्रो मानेका छन् । 

इन्डियन एक्सप्रेस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप