केन्द्रीय संस्करण

सिद्धूको मन्त्री पदबाट राजीनामाको खबर सुनेर डराइन् अर्चना ? भनिन्, ‘मुटु ढुकढुक भएको थियो’

person explore access_timeसाउन ५, २०७६ chat_bubble_outline0
Photo: aajtak.intoday.in

नवजोत सिंह सिद्घूले केही दिनअघि मन्त्री पदबाट राजीनामा दिएपछि उनी कपिल शर्मा शोमा फिर्ता हुनसक्ने अनुमान धेरैले गरेका थिए । राजीनामाको खबर पछि सिद्धूका प्रशंसक उनलाई कपिल शर्मा शोमा देख्न चाहन्छन् जसका कारण अर्चना पुरन सिंह आजकाल डराएकी छिन् । अर्चनाले यसबारे आफैं कपिल शर्मालाई बताएकी छिन् ।

शनिबार कपिलको कार्यक्रममा कंगना रनौतको उपस्थिती थियो उनी फिल्म ‘जजमेन्टल हे क्या’को प्रोमोशनका लागि पुगेकी थिइन् । कंगनाको कार्यक्रममा  इन्ट्रि लगत्तै जज अर्चना पूरन सिंहले उनको तारिफ गर्दै दुई शब्द भनिन् ।

अर्चना चुप लाग्ने बित्तिकै कपिलले भने, ‘सिद्धु सर हुनुभएको भए तपाईंलाई देख्ने बित्तिकै आधा दर्जन सायरी भन्नुहुन्थ्यो होला । उनी त अर्चना जी हुन् जसले दुई शब्द भनेरै कुरा सिद्धाइन् ।’

कपिलले ठट्टा गर्दै भने, ‘सिद्धु जीले आज कंगना आइरहेकी छिन् भन्ने थाहा पाएपछि उनले रिसमा राजीनामा दिएका हुन् ।’

कपिलको कुरा सुनेर अर्चना पुरन सिंहले भनिन्, ‘राजीनामाको खबर सुन्नेबित्तिकै मेरो मुटुको ढुकढुकी थोरै बढेको थियो ।’

कपिल र अर्चनाको यस्तो कुरा सुनेर कंगनाले पनि आफ्नो हाँसो रोक्न सकिनन् ।

द कपिल शर्मा शोमा आजकाल अर्चना पुरन सिंहले जजको कुर्सीमा कब्जा जमाएकी छिन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...