सचिवालय बैठक अघि पूर्वएमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक
काठमाडौँ–पार्टी एकीकरण प्रक्रियालाई अन्तिम रुप दिन सत्तारुढ दल नेकपाको सचिवालय बैठक (आज) आइतबार दिउँसो एक बजे बस्दैछ ।
आजको बैठकले जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतका निकायको जिम्मेवारी टुङ्गो लगाउने पार्टीका नेताहरुले बताएका छन् ।
यसैवीच पार्टीको सचिवालय बैठक बस्नुअघि पूर्व एमाले र पुर्व माओवादी नेताहरुको छुट्छुटै बैठक बसेको छ । शनिबार पूर्व एमाले नेताहरुको बैठक बसेको थियो भने, आइतबार बिहान पूर्व माओवादी केन्द्रपक्षधर नेताहरुको बैठक बसेको छ ।
सचिवालय बैठकको पुर्वसन्ध्यामा दुवैपक्षले आ–आफ्ना धारणा तय गर्न बैठक राखेका हुन् । यसअघि दुई अध्यक्ष केपी अोली र प्रचण्डबीच संख्यामा सहमति भएपनि व्यक्तिमा सहमति नभएकाले त्यसैको गृहकार्यमा दुवै पक्ष लागि परेको बताईको छ । प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वमाओवादी बैठकमा नेताहरुको जिम्मेवारीबारे छलफल भएको सहभागी एक नेताले बताएका छन् ।
नेकपाको ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा पाउने सहमति भइसकेको छ । नेकपाको महत्वपुर्ण विभागहरुमध्ये अर्थ,संगठन, प्रचार र विदेश विभाग कसले पाउछन् भन्ने चासो बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी