तीन पटक दिल्लीकी मुख्यमन्त्री भइसकेकी शिला दिक्षितको निधन
तीन पटक दिल्लीक मुख्यमन्त्री रहेकी शिला दिक्षितको निधन भएको छ । उनी ८१ वर्षकी थिइन् । उनको निधन दिल्लीको फोर्टिस एस्कार्टस् अस्पतालमा भयो । शनिबार दिउँसो तीन बजेर ५५ मिनेटमा अस्पतालले मृत घोषणा गरेको हो ।
केही समय अघिदेखि उनी मुटुरोगले थलिएकी थिइन् ।
शिला दिक्षित सन् १९९८ देखि २०१३ सम्म लगातार १५ वर्षसम्म दिल्लीको मुख्यमन्त्री रहिन् । सन् २०१४ मा उनलाई केरलको राज्यपाल बनाएको थियो । तर अगस्ट सन् २०१४ मा उनले उक्त पदबाट राजीनामा दिएकी थिइन् ।
सन् २०१९ को आम चुनावका बेला शिला दिक्षित दिल्लीकी प्रदेश अध्यक्ष रहिन् । उनले उत्तर–पूर्व दिल्लीबाट लोकसभा चुनाव पनि लडिन् तर मनोज तिवारीको अगाडि उनले हारको सामना गर्नुपर्यो ।
उनको अन्तिम संस्कार आइतबार दिउँसो गरिनेछ । उनको निधनमा दिल्लीमा दुई दिनको राजकीय शोक घोषणा गरिएको छ ।
Title Photo: SHEILADIKSHIT.OFFICIAL