शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हरायो मेलापात र पर्म, रोपाइँमा भारतीयको भर

आइतबार, ०५ साउन २०७६, ०७ : ५८
आइतबार, ०५ साउन २०७६

भरतपुर महानगरपालिका–१४, बरौजीकी सरिता दवाडीले यस वर्ष आफैँले उत्पादन गरेको धानबाट पारवारको गर्जो टार्ने निधो गरे । नजिकैको आठ कट्ठा जमिन वार्षिक १५ हजार भाडा तिर्ने गरी ठेक्कामा लिए ।

आफै मेला पर्म लगाएर रोपाइँ गर्ने उनको धोको भने पूरा हुन सकेन । अनतः त्यो जमिन रोपाइँ गर्न भारतीय नागरिकलाई पाँच हजार रुपियाँमा ठेक्का दिन बाध्य भए  । 

ट्याक्टर लगाएर जोत्ने र हिलो बनाउन सकिने आफू फुर्सदिलो भएकाले छिमेकमा पर्म लगाउँदै आफैँ रोप्ने उनको धोको थियो । 

ट्याक्टरले  एकै पटकमा खेत तयार गरिदिने, पानी सुक्ने र रोपाइँ गर्न समस्या पर्ने देखिएपछि उनले आफूले गर्ने काम अर्कैको भर पर्नु परेको बताइन् । यो समाचार शान्ता अधिकारीले गोरखापत्रमा लेखेकी छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप