शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभावकारी बन्दै सिसी क्यामेरा

आइतबार, ०५ साउन २०७६, ०६ : १८
आइतबार, ०५ साउन २०७६

काठमाडौं उपत्यकामा सिसी क्यामेराको प्रभावकारीता बढदै गएको छ । प्रविधिको बढदो प्रयोगसँगै सिसी क्यामेराको फुटेजको आधारमा उपत्यकाभित्र प्रहरीले एक बर्षको अवधिमा १८ हजार घटनामा संलग्नलाई कारबाही गरेको छ ।

उपत्यकाभित्र हुने आपराधिक क्रियाकलाप हुन नदिन र सम्भावित घटनालाई नियन्त्रण गर्नका लागि जनशक्तिसँगै सिसी क्यामेराको प्रयोगमा जोड दिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेस थापा क्षेत्रीले बताए ।

उनले भने– ‘उपत्यका काठमाडौंको सबै नाकामा सिसी क्यामेरा जडान गरिएको छ, समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पनि धमाधम उपत्यकाभित्र सिसी क्यामेरा जडानको काम भइरहेको छ ।’ यो समाचार आजको नेपाल समाचारपत्र मधुसूदन रायमाझीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप