मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नरेश र मल्लिकाले दिलाए नेपाललाई थप दुई स्वर्ण

शनिबार, ०४ साउन २०७६, २३ : १४
शनिबार, ०४ साउन २०७६

काठमाडौं- १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालले शनिबार दुई स्वर्ण जितेको छ । च्याम्पियनसिपको पुरुष एथलेटिक फिजिक्स अन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिजिक्समा मल्लिका शाक्यले स्वर्ण जितेका हुन् ।

पुरुष एथलेटिक फिजिक्मा भारतका नकुल कौशलले रजत र माल्दिभ्सका फतुल्लाह मोहम्मदले काँस्य जिते । महिलाको मोडल फिजिक्मा नेपालकै पूजा श्रेष्ठले रजत र भारतकी निश्रिन पारिखले कांस्य  पदक प्राप्त गरे ।
च्याम्पियनसिपको सिनियर पुरुष बडीबिल्डिङको ७५ केजीमा अफगानिस्तानका सेफातुल्लाह हफिजी पहिलो, भारतका धर्मेन्द्रकुमार दोस्रो र नेपालका अशोक महर्जनले तेस्रो स्थान हात पारे । पुरुषकै ८० केजीमा भारतका रवीन्द्रकुमार मल्लिकले स्वर्ण, अफगानिस्तानका मोहम्मद सखीले रजत र नेपालका मिलन सिजापतिले कांस्य जिते ।

पुरुषकै ९० केजी तौल समूहमा अफगानिस्तानका गुलाजन ओमर, पाकिस्तानका मोहम्मद सैयद र फहिम अब्बासले क्रमशः स्वर्ण, रजत र कांस्य जिते । यस्तै ९० केजीमाथिको स्पर्धामा अफगानिस्तानका अहमद मोहम्मदी पहिलो, भारतका विनय कुमार दोस्रो र पाकिस्तानका सैयद फजल तेस्रो भए । जुनियर पुरुषतर्फ माल्दिभ्सका अहमद सैयदले स्वर्ण, भारतका ऋषि अथरेयाले रजत र नेपालका कृष्ण महर्जनले कांस्य जिते ।

पुरुष एथलिट फिजिक्सको १६७ सेमीमा अफगानिस्तानका अहमद सिकन्दर जादाले स्वर्ण जित्दा नेपालका निशान्तमान प्रधानले रजत र माल्दिभ्सका अहमद फजिलले कांस्य पदकमा चित्त बुझाए । यस्तै पुरुषकै स्पोर्ट्स फिजिक्समा माल्दिभ्सका अजनिन रसद पहिलो, नेपालका प्रमोद राई दोस्रो र अफगानिस्तानका ममिदुल्लाह खुर्सिदले तेस्रो स्थान हात पारे । यस्तै पुरुषकै स्पोर्ट्स फिजिक्सको १७० सेमीमा पाकिस्तानका उस्मान उमर, भारतका सिनु चोभा र भुटानका टासी छोस्केले क्रमशः स्वर्ण, रजत र कांस्य पदक हात पारे ।

च्याम्पियनसिपको ओभरलतर्फ भने भारतका रविन्द्रकुमार मल्लिकले उपाधि जिते । यसैगरी टिमतर्फ अफगानिस्तान पहिलो, नेपाल दोस्रो र भारतले तेस्रो स्थान हात पा¥यो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाललगायतले पुरस्कार प्रदान गरे । दुई दिने प्रतियोगिता शनिबार नै सम्पन्न भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप