धोनी बुढेसकालमा आर्मीको तालिम लिँदै
एजेन्सी-भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले विश्वकपपछि सन्यास लिने धेरैको अनुमान थियो । तर धोनीले तत्काल सन्यास नलिने उनका म्यानेजर अरुण पाण्डेले बताएका छन् । धोनी आगामी दुई महिना क्रिकेटबाट भने टाढा रहने छन् । धोनीले दुई महिना भारतीय आर्मीको तालिम लिने बताइएको छ ।
३८ बर्षीय धोनी भारतीय प्रादेशिक आर्मीको लेफ्टिनेन्ट कर्नेल पनि हुन् । शनिबार मात्र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आधिकारिक रुपमा पुष्टि गर्दै धोनीले अर्को महिनामा वेस्ट इन्डिजसँग हुने समान तीन वटा टी–२० र एकदिवसीय सिरिजका लागि आफ्नो नाम फिर्ता लिएको उल्लेख गरेको छ ।
धोनी स्वयंले तत्काल क्रिकेट करियरबाट सन्यास नलिने पनि बताएका छन् । भारतले छिट्टै वेस्ट इन्डिजबिरुद्धको खेलका लागि नयाँ खेलाडी टोलीको घोषणा गर्न लागेको छ । टोलीमा नयाँ खेलाडीको आगमन हुने भारतीय सञ्चार माध्यामले उल्लेख गरेका छन् ।
यद्यपि भर्खर सकिएको विश्वकप पछि धोनीले अब छाड्नुपर्ने र युवा खेलाडीलाई मौका दिनुपर्ने चर्चा चलेको थियो । अघिल्लो साता इङ्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएपछि भारतीय टोलीको आलोचनासँगै धोनीको सन्यासको कुरा चर्चामा आएको थियो । धोनी भारतलाई तीनवटा मुख्य प्रतियोगिताहरु टी–२० विश्वकप, एकदिवसीय विश्वकप र च्याम्पिनयसिप ट्रफी जिताउने एक्लो कप्तान हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता