छुट्टाछुट्टै दुर्घटनामा परेर सर्लाहीमा २ जनाको मृत्यु
शनिबार, ०४ साउन २०७६, २२ : ४२
सर्लाही-छुट्टाछुट्टै दुर्घटनामा परी आज यहाँ दुई जनाको मृत्यु भएको छ । हरिवन नगरपालिका–१० मा करेन्ट लागेर ३५ वर्षीय काजीमान बुढाथोकीको मृत्यु भएको छ । स्थानीयवासी गणेश भट्टराईको लेथ मेसिनमा काम गर्ने क्रममा बुढाथोकीलाई करेन्ट लागेको हो । उनको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
यस्तै मलङ्गवा–४ मा ट्र्याक्टरबाट लडेर एक बालकको ज्यान गएको छ । मलङ्गवा–३ का आठ वर्षीय मनिष यादवको मृत्यु भएको हो । ज२त ८५२ नंको ट्र्याक्टरमा गणेशियातर्फ जाँदै गरेका लडेर घाइते भएका थिए । उनको उपचारका लागि सर्लाही अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा