शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१५ वर्षसम्म दिल्लीको मुख्यमन्त्री रहेकी शीला दीक्षितको निधन

शनिबार, ०४ साउन २०७६, १८ : ३१
शनिबार, ०४ साउन २०७६

भारतीय कँग्रेसकी वरिष्ठ नेता शीला दीक्षितको शनिबार निधन भएको छ । उनी ८१ वर्षकी थिइन् ।

बिहान उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एस्काट्र्स फोर्टिस अस्पतालमा भर्ती गरिएको थियो ।

अस्पतालका निर्देशक डा. अशोक सेठले उनको उपचारको क्रममा दिउँसो ३ बजेर १५ मिनेट जाँदा दीक्षितलाई कार्डियाक अरेस्ट भएको थियो ।

त्यसपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

शीला दीक्षित १५ वर्षसम्म दिल्लीको मुख्यमन्त्री रहेकी थिइन् ।

लोकसभा चुनावअघि पार्टीले उनलाई दिल्लीको अध्यक्षको जिम्मेवारी सुम्पेको थियो ।

उनको अन्तिम संस्कार आइतबार निगम बोध घाटमा गरिने जानकारी दिइएको छ ।

केजरीवाल सरकारले दुई दिन दिल्लीमा राजकीय शोक मनाउने घोषणा गरेको छ ।

शीला दीक्षितको जन्म ३१ मार्च १९३८ मा पञ्जाबको कपूरथलामा भएको थियो ।

सन् १९९८ मा उनलाई तत्कालिन कँग्रेस अध्यक्ष सोनिया गान्धील्े दिल्लीको जिम्मेवारी दिएकी थिइन् । उनले चुनाव जितेर मुख्यमन्त्री बन्न सफल भइन् । उनले सन् २०१३ सम्म तीन कार्यकाल मुख्यमन्त्रीको पद सम्हालेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप