दुुई बालिकाको डुुबेर मृत्युु
शनिबार, ०४ साउन २०७६, १६ : ४३
रौतहट । रौतहटस्थित लालबकैया नदीमा डुबेर शनिबार दुुई बालिकाको मृत्युु भएको छ ।
मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका ५ टिकुलिया टोलका रामानन्द साहको छोरी बर्ष ८ की निरुता कुमारी र सोही ठाँउका रामनरेश साहका ९ बर्षीया छोरी पिंकी कुमारीको रहेको प्रहरीले जनाएको छ ।
घरबाट बाख्रा चराउन हिँडेका दुुबै बालिका गर्मी छल्न नदीमा नुहाउन पुगेकाेमा एकाएक डुब्न पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी नविक कार्कीले मृतक दुुबै बालिकाको शव पोष्टमार्टमको लागि गौर पठाइएको जानकारी दिए ।
यसैबीच देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवीले मृतक परिवारलाई राहत र क्षतिपुुर्ती दिन सरकार संग माग गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण
-
एमालेको कार्यक्रममा प्रचण्ड र देउवा विशेष वक्ता
-
८ वटा अन्डा बराबर प्रोटिन पाइन्छ यो दालमा
-
एभरेस्टको फिस मसलामा ‘पेष्टिसाइड’
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने
-
सुदूरपश्चिमका प्रदेश प्रमुखको कदम असंवैधानिक : कांग्रेस