बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाघ घरभित्र ओछ्यानमा सुतिरहेको अवस्थामा भेटियो

शनिबार, ०४ साउन २०७६, १५ : १०
शनिबार, ०४ साउन २०७६

एजेन्सी । भारतको आसामको एक परिवार तब आश्चर्यमा पर्यो जब बजार गएर फर्किदा उनीहरुले आफ्नो ओछ्यानमा जंगली बाघ भेटे । 

घटना भारतको उत्तरपूर्वी राज्य आसामको हरमुती गाँउको हो । घरका मानिसले बाघलाई वाधा नपु¥याई वन विभागका मानिसका खबर गरे । 

बाघलाई पक्रन गएको वन्यजन्तु ट्रष्टले आफ्नो आधिकारिक ट्वीटरमा घरभित्रको आछ्यानमा सुतिरहेको बाघको तस्विर पोष्ट गरेको छ । तस्विरमा बाघ ओछ्यानमा आराम गरिरहेको देखिन्छ ।  

शुक्रबार समाजिक संजालमा पोष्ट गरिएको एक तस्विरमा लेखिएको छ ,‘ हाम्रा भेटनरीहरु घरभित्र पसेको बाघलाई कसरी बेहोस बनाउने भनेर आसाम वन विभागका कर्मचारीसँग योजना बनाइरहेका छन् ।’ 
पोष्टमा बाघको घरभित्रको प्रवेशको कारण खुल्याउदैं लेखिएको छ ,‘बाढीले अजिवका पाहुना घरमा ल्याउँछ ।’

बाघ नजिकैको कान्जिरङ्गा राष्ट्रिय निकुञ्जमा पसेको बाढीबाट जोगिन गाउँ पसेको विश्वास गरिएको छ । कान्जिरङगा राष्ट्रिय निकुञ्ज बाघ, हात्ती, भालु र गैंडाको लागि चर्चित छ । 

कान्जिरङ्गा राष्ट्रिय निकुञ्ज विश्वको सबैभन्दा धेरै एक सिंगे गैडाको बसोबास भएको वन हो । कान्जिरङगा राष्ट्रिय निकुञ्जमा १६४१ एक सिङ्गे गैडा पाइन्छ । यो निकुञ्ज युनेस्कोको विश्व सम्पदा केन्द्रमा सूचीकृत छ ।

कान्जिरङ्गा राष्ट्रिय निकुञ्जका सह निर्देशक रोहीनी बल्लब सैकिआयले बाघलाई बेहोस बनाउने प्रयास गरेको तर पछि आफै उठेर शान्तसँग  बाटो लागेकाले केही नगरेको बताइन् । 

‘बाघ शान्त थियो र यसले कुनै खतरा पु¥याउने अवस्था नरहेकाले हामीले केही गरनौं ,’ सैइकीयाले भनिन् । 

विश्व वन्यजन्तु कोषका अनुसार विश्वमा हाल ३,९०० बाघ मात्र जिवित छन् । बाघलाई लोपोन्मुख जीवमा गनिन्छ ।  

दक्षिण एशियामा ठूलो प्रभाव पारेको पछिल्लो बाढीले निकुञ्जभित्र अन्य कयैन जीवजन्तुलाई पनि प्रभावित बताएको वन्यजन्तु ट्रस्टले बताएको छ । उसका अनुसार बाढीपछि कयैन हरिण, गैँडा, हात्तिहरु पनि हराइरहेका छन् ।  

अधिकारीका अनुसार केही दिन अघि आएको मुसलधारे पानीपछि कान्जिरङ्गा राष्ट्रिय निकुञ्जको ९५ प्रतिशतसम्म भू–भाग डुबानमा परेको थियो ।

शुक्रबार यस्तै बाढीमा परेर चुलुम्म डुबेर सुरक्षित ठाँउ खोज्दै हिडेका गैँडाको भिडियो भारतीय वन सेवामा कार्यरत अरुण भिग्नेशले ट्वीट गरेका थिए । 

आसाम राज्य विपद् व्यवस्थापन प्राणिकरणले जुलाई १३ देखि १८ बीचमा निकुञ्जभित्र ८३ वटा जीवको मृत शरिर भेटेको थियो । 

मध्य–जुलाईमा आएको ठूलो बाढीबाट नेपाल, भारत र बंगालदेशमा ठूलो असर गरेको थियो । हालसम्म बाढीमा परेर यस क्षेत्रमा २२७ मानिसको मृत्यु भएको रिपोर्ट छ । त्यसबाट १ करोड तीन लाख मानिस त प्रभावित नै भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप