उपचारमा लापरवाही भएको भन्दै विरोध प्रदर्शन

सिरहा । सिरहाको बन्दीपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दीपुरमा अवस्थित सर्पदंश उपचार केन्द्रको लापरवाहीका कारण एक युवकको मृत्यू भएको भन्दै बन्दीपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको हो ।
सर्पले टोकेपछि उपचारका लागि सर्पदंश उपचार केन्द्र बन्दीपुर गएका अन्दाजी २२ वर्षीय तिलक बरालको मृत्यू भएको हो।
अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । हिजो ९शुक्रबार० सर्पले टोकेको ९ मिनेटमै आफै मोटरसाईकल चलाएर उपचार केन्द्र पुगेका बरालको उपचारमा लापरवाहीका कारण मृत्यू भएको आफन्तको आरोप छ । उनको हिजै अन्तिम अवस्थामा जनकपुर रिफर गरिएकोमा त्यहाँ पुगेलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् । उपचारको लागि दक्ष चिकित्सक नहुँदा पनि त्यही राखेको र पछि अन्तिम अवस्थामा रिफर गरिएका कारण उनको मृत्यू भएको आरोप छ ।
बराललाई गौमन सर्पले टोकेको थियो । यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले प्रदर्शनकारी, प्रहरी र जनप्रतिनिधि समेतको रोहवरमा बसेर सहमतिको प्रयास भइरहेको प्रहरीले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको दुई गोलसँगै इन्टर मियामी ककाकाफ च्याम्पियन्स कपको सेमिफाइनलमा
-
आजबाट दोस्रो राष्ट्रिय हर्टिकल्चर एक्स्पो
-
१२ वर्षपछि बारमा फर्किएका मिश्र : निःशुल्क कानुनी परामर्शदेखि अन्तर्राष्ट्रिय मञ्चको प्रतिनिधित्वसम्म
-
ट्र्याक्टरको तेल ट्याङ्कीभित्र ब्राउन सुगर, दुई भारतीय नागरिक पक्राउ
-
बारमा कांग्रेस–एमाले गठबन्धनको क्लिनस्विप, अध्यक्षमा मिश्र, महासचिवमा कोइराला
-
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?