बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इरानद्वारा ब्रिटिस ट्याङ्क कब्जा

शनिबार, ०४ साउन २०७६, ०९ : २६
शनिबार, ०४ साउन २०७६

इरानले एउटा ब्रिटिस ट्याङ्कर आफ्नो कब्जामा लिएको भने अर्कोलाई रोकेको छ । इरानी रिभोलुस्नर गार्ड(आइआरजिसी) र अमेरिकी अधिकारीकअनुसार ब्रिटिस पानी जहाजले अन्तर्राष्ट्रिय नियम उलङ्घन गरेको जनाइएको छ । 
सीएनएनमा उल्लेखित समाचारअनुसार स्ट्रेट आफ हर्मुजमा वातावरणीय अनुगमन गरिरहेको  एमइएसडिएआर जहाजलाई इरानी अधिकारीको निगरानीमा काम गर्न दिइएको छ । अमेरिकी सेनाले जहाज कब्जा लिनु  नियोजित भएको बताएको छ ।

इरानियन जलक्षेत्रमा रहेका पहिलो ट्याङ्कर आइआरजिसी नियन्त्रणमा लिएको आधाघण्टाअघि दोस्रो पानीजहाज रोएिको थियो । ती दुवै जहाजमा कुनै पनि ब्रिटिस नागरिक नभएको जनाइएको छ ।

यो घटनालाई लिएर अमेरिकाले इरानलाई सच्याउनुपर्ने यो अर्को श्रृखला भएको दाबी गरेका छन् । “मैले इरानका बारेमा के भनिरहेको छु भन्ने कुरा यसले देखाइरहेको छ, समस्या, केही होइन तर समस्या छ ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले भनेका छन्, “इरानका सम्बन्धमा म सही छु भन्ने यसबाट प्रष्ट भएको छ ।” 

यस सम्बन्धमा बेलायतले आफ्नो जहाज कब्जा अस्वीकार्य भएको जनाएको छ । बेलायतका विदेशी सचिव जेरेमी हन्टले भनेका छन्, “यो कब्जा अस्वीकार्य छ, नाविकको स्वातन्त्रतालाई सम्मान गर्नुपर्छ, उक्त क्षेत्रमा जहाजहरु सुरक्षित र स्वतन्त्रमा चल्न पाउनुपर्छ ।” त्यसैगरी ब्रिटिस च्याम्बर अफ सिपिङले सो घटनाको भत्र्सना गरेको छ । 

यस क्षेत्रमा तनाव बढ्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले बिहीबार अमेरिकी नौसेनाको जहाजको एक हजार यार्ड नजिक आएको इरानी ड्रोनलाई ध्वस्त पारेको थियो । ड्रोनले जहाज र जहाजका चालकमाथि सुरक्षा चेतावनी भएकाले त्यसलाई तत्काललै विद्युतीय ‘जामिङ’ द्वाराध्वस्त पारिएको राष्ट्रपतिले उल्लेख गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप