बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सागअघि पोखरा रंगशाला पुनःनिर्माण नसकिने

शनिबार, ०४ साउन २०७६, ०७ : १७
शनिबार, ०४ साउन २०७६

मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि पोखरा रंगशाला पुनःनिर्माण पुरै नसकिने भएको छ ।

निर्माण कम्पनीले कात्तिकसम्म आंशिक रुपमा निर्माण सम्पन्न गर्ने युवा तथा खेलकुद मन्त्रालयलाई जानकारी गराएको हो ।

सागअन्तर्गत महिला फुटबल पोखरा रंगशालामा हुँदै छ । मन्त्रालयमा शुक्रबार भएको बैठकमा कम्पनीका प्रतिनिधिले साग नरोकिने गरी निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।

बैठकका निर्णयबारे जानकारी दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कार्यकारी सदस्य राजेश गुरुङले सागका खेल नरोक्न सबै सरोकारवाला सकारात्मक भएको बताए ।

यो समाचार कान्तिपुर दैनिकमा दीपक परियारले लेखेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप