शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ जहाजको अन्तिम किस्ता रोकिने

शनिबार, ०४ साउन २०७६, ०७ : ०३
शनिबार, ०४ साउन २०७६

सरकारले अनुदान तथा सहुलियत ऋणमा ल्याइएका ६ वटा चिनियाँ जहाज (दुईवटा एमए ६० र चारवटा वाइ १२ ई)को अन्तिम १० प्रतिशत किस्तावापतको ३४ करोड रुपैयाँ नेपाल वायुसेवा निगमले चीन सरकारलाई नतिर्ने भएको छ ।

सरकारले ७ वर्षअघि चीनको एक्जिम बैंकबाट ३ करोड ५१ लाख अमेरिकी डलर सहुलियत ऋण लिई यी विमान निगमका लागि खरिद गरेको थियो । कूल ऋणमध्ये बुझाउन बाँकी ३४ करोड रुपैयाँ नबुझाउने निर्णय निगमले गरेको छ ।

दुई मुलुकबीच सहुलियत ऋण लिनेदिने सम्झौता भएपनि जहाज गरिद सम्झौता भने निगम र चीन सरकारको स्वामित्वमा रहेको एभिक इन्टरनेसनल होल्डिङ कर्पोरेसनबीच भएको थियो ।

यो समाचार कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप