शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा ६.४९ प्रतिशत जमिनमात्र सुरक्षित

शनिबार, ०४ साउन २०७६, ०६ : ५७
शनिबार, ०४ साउन २०७६

भूक्षय र पहिरोको दृष्ट्रिकोणले मकवानपुर उच्च जोखिममा रहेको छ ।

भूकम्पपछि भौगर्भिक सूचना प्रणालीबाट गरिएको अध्ययन अनुसार मकवानपुरमा साना ठूला गरी एक हजार ६३ वटा पहिरो स्थल रहेका छन् । जिल्लाका कूल भूभागमध्ये खहरे र पहिरोबाट १५ हजार ६ सय ६० हेक्टर(६.४९प्रतिशत) जमिनमात्र सुरक्षित रहेको पनि अध्ययनले देखाएको छ ।

७४ हजार १३२ हेक्टर जमिन (कूल जमिनको ३०.७३ प्रतिशत) जमिन खहरे र बाढीबाट सधैं जोखिममा छन् ।

त्यस्तै ६३ प्रतिशत जमिन (५१ हजार हेक्टर) भूक्षयका कारण उच्च जोखिममा रहेको जिल्ला भूसंरक्षण कार्यालयका प्रर्वप्रमुख पुष्पराज थापाले बताए ।

यो समाचार कान्तिपुर दैनिकमा प्रताव विष्टले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप