मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ कम्पनीमाथि लगाइएको प्रतिबन्ध सच्याउन अमेरिकालाई चीनको आग्रह

शुक्रबार, ०३ साउन २०७६, २२ : ५२
शुक्रबार, ०३ साउन २०७६

बेइजिङ-इरानको आणविक कार्यक्रम आपूर्ति सञ्जालमा सम्लग्न रहेको आरोपमा चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्ध सच्याउने वासिङ्टनसँग औपचारिक विरोध दर्ता गरिएको बेइजिङले शुक्रबार जनाएको छ । 

“चीनले अमेरिकालाई यो गलत अभ्यासलाई तत्काल सच्याउन र सवै पक्षको वैधानिक अधिकार र हितहरूलाई इमान्दारिताका साथ सम्मान गर्न आग्रह गरेका छौँ,” विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले पत्रकारहरूसँगको नियमित भेटमा बताए ।

गेङले अमेरिकाको तेहरानमाथि प्रतिबन्धका माध्यमबाट ‘चरम दवाब’ र ‘लामो दूरीको हतियारमाथिको अख्तियारी’ नै इरान आणविक समस्याको विवादको ‘मुख्य कारक’ भएको बताए ।

इरानी बेल्जियनी र चिनियाँ कम्पनीले इरानको ‘सेन्ट्रिफ्युज टेक्नोलोजी कम्पनी’का लागि प्रबन्ध सञ्जालका रूपमा काम गरेको र यसका कारण इरानी आणविक शक्ति सङ्गठनलाई हतियार निर्माणमा सहज भएको आरोप अमेरिकी वित्त मन्त्रालयले बिहीबार लगाएको थियो ।

उक्त सञ्जाललाई इरानी कम्पनी बख्तर राद सेपाहन र यसका समुद्रपार रहेका सम्बद्ध कम्पनी तथा फर्मले नेतृत्व गरेको थियो । यसमा चिनियाँ कम्पनी, हेनान जियुआन आलुमिनियम उद्योग कम्पनी रहेका थिए र अमेरिकाले जियुआनमाथि पनि प्रतिबन्ध लगाएको छ । अन्य प्रतिबन्धित कम्पनीमा चीन र बेल्जियममा रहेका अग्रणी कम्पनीहरूसमेत रहेका छन् । -एएफपी/ picture: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप