मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नेपालका समिरलाई स्वर्ण

शुक्रबार, ०३ साउन २०७६, २१ : ५७
शुक्रबार, ०३ साउन २०७६

काठमाडौं-नेपालका समिर श्रेष्ठले १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन् । भारतका दिनेश दोस्रो र नेपालकै प्रज्ज्वलमान शाक्य तेस्रो भए ।

पहिलो दिने जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले एक स्वर्ण, चार रजत र तीन कांस्य गरी आठ पदक जित्यो । पुरुष ५५ केजीमा नेपालका किसनदास महर्जनले कांस्य हात पारे । मालदिभ्सका मोहम्मद मुसा पहिलो र भारतका मुरुगन रामामुर्ती दोस्रोे भए । पुरुष ६० केजीमा भारतका दिपु पहिलो भए । नेपालका कमल भण्डारी दोस्रो र अफगानिस्तानका मोहम्मद कसिम हुसैन तेस्रो भए ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ७० केजीमा अफगानिस्तानका अब्दुल समी पहिलो भए । नेपालका रमेश कार्कीले रजत र इमरान अली तेस्रो भए ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको प्रतियोगिताको महिला एथलेटिक फिजिक्समा नेपालले दुई पदक हासिल ग¥यो । रजनी श्रेष्ठले रजत तथा सुजिता मानन्धरले कांस्य जिते । भारतकी निशा भोयर पहिलो स्थानमा रहिन् । पुरुष फिटनेस फिजिक्समा नेपालका राजु राईले रजत पदक प्राप्त गरे । अफगानिस्तानका हमिदुल्लाह खुशदिल पहिलो र सलिम शाह अन्वरी तेस्रो भए । 

विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल लगायतले पुरस्कार वितरण गरे । यसअघि प्रतियोगिताको खेलकुद मन्त्री विश्वकर्माले उद्घाटन गरेका थिए । दुई दिने प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप