मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

केसी र मानन्धर सम्मानित

शुक्रबार, ०३ साउन २०७६, २१ : ५०
शुक्रबार, ०३ साउन २०७६

काठमाडौं- नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व म्याराथन धावक जितबहादुर केसी र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व म्याराथन धावक वैकुण्ठ मानन्धरलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लब नेपालले शुक्रबार नगद पुरस्कार सहित सम्मान गरेको छ ।

एकेडेमी र क्लबको संयुक्त आयोजनामा भएको मदन भण्डारी रोड रेसका पदक विजेतालाई नगद पुरस्कार वितरण गर्न आयोजित कार्यक्रम केसी र मानन्धरलाई सम्मान गरिएको हो । दुवैलाई समान १०–१० हजार रुपैयाँ प्रदान गरियो । सोही अवसरमा हङकङमा भएको जुनियर एसियाली एथलेटिक्सका स्वर्ण विजेता अजितकुमार यादवलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

पाँच किलोमिटर दूरीको रोड रेसमा विभिन्न चार स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष खुलामा अजितकुमार यादव पहिलो, सन्तोषविक्रम विष्ट दोश्रो र खिमबहादुर खत्री तेस्रो भएका थिए । तीनै एपीएफका हुन् । सो स्पर्धाको महिलामा प्रहरीकी राजपुरा पछाईंले स्वर्ण, काठमाडौंकी सन्तोषी श्रेष्ठले रजत र एपीएफकी फुलमति राना कांस्य जितेका थिए । शीर्ष तीन स्थान हासिल गर्नेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।

जुनियर पुरुषमा सिग्माका प्रवीणकुमार बोहरा पहिलो, जेसिजका सागर श्रेष्ठ दोस्रो र श्री गणेशका नवीनकुमार कार्की तेस्रो भएका थिए । उक्त स्पर्धाको महिलामा प्राइम ग्लोबलकी जुनिल सुनुवार पहिलो, जेसिजकी श्रयस्का सिल्पकार दोस्रो तथा पञ्च कन्याकी सोनु घतामी तेस्रो भए । पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार तथा तेस्रोले पाँच हजार रुपैयाँ पुरस्कार हात पारे । उनीहरुलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका संस्थापक अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप