मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बजारमा अभाव भएको औषधीको लिस्ट बुझाउन औषधी व्यवस्था विभागको आग्रह

शुक्रबार, ०३ साउन २०७६, २० : ०२
शुक्रबार, ०३ साउन २०७६

काठमाडौँ– औषधी व्यवस्था विभागले नागरिक र पशुपंछीको उपचारको लागि अभाव भएको औषधीको लिस्ट चिकित्सकहरुसँग माग गरेको छ । 

विभागले आज सूचना जारी गर्दै मानिस तथा पशुपंछीको उपचारमा आवश्यक पर्ने औषधीहरु बजारमा अभाव हुँदा उपचारमा कठिनाई भइरहेको भन्ने गुनासाहरु आइरहेको भन्दै अभाव औषधीहरुको नाम लिस्ट विभागलाई ७ दिन भित्र उपलब्ध गराउन सूचनामा उल्लेख गरिएको छ ।    

नेपालको मानव र पशुपंछीको उपचारमा संलग्न सरकारी ,नीजि अस्पताल ,नर्सिङ होम ,शिक्षण अस्पतालहरु तथा चिकित्सकलाई आग्रह गरिएको छ । अभाव औषधीको नाम विभागको ई—मेल अथवा अन्य कुनै पनि माध्ययमबाट उपलब्ध गराउने सकिने जनाएको छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप