बहिरा कलाकार सुजल बम अभिनित ‘झिमझिम परेली...’ सार्वजनिक
काठमाडौं– दुवै कान नसुन्ने र बोल्न नसक्ने बहिरा कलाकार सुजल बम अभिनित म्युजिक भिडियो ‘झिमझिम परेली...’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा गीत सार्वजनिक गरिएको हो ।
सङ्गीत नाट्य तथा कला प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’को प्रमुख आतिथ्यतामा पहिलो संविधानसभा सदस्य साथै नेपालका पहिलो बहिरा सभासद राधवीर जोशी, केन्द्रिय बहिरा महासंघ नेपाल उपाध्यक्ष सत्यदेवी वाग्ले, महासचिव सुर्यबहादुर बुढाथोकी, केन्द्रिय बहिरा माध्यमिक विद्यालयका प्राचार्य उपेन्द्र पराजुलीलगायतको आतिथ्यतामा गीत सार्वजनिक गरिएको हो ।
गीत सार्वजनिक समारोहमा बहिरा कलाकारले व्यवसायिक रुपमा अभिनय गरेको गीतको भिडियो विश्वमा नै पहिलो भएको भन्दै एभरेष्ट वल्र्ड रेकर्ड कलाकार सुजल बमलाई प्रदान गरिएको थियो । उनलाई एभरेष्ट वल्र्ड रेकर्डका मथुरा श्रेष्ठले रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
डा.डीआर उपाध्यायले लेखेको गीतमा सन्तोष श्रेष्ठको सङ्गीत, कविता सिवाकोटीको स्वर रहेको छ । वसन्त सापकोटाको निर्देशन रहेको गीतको भिडियोमा माइकल चन्दको नृत्य निर्देशन, अर्जुन सापकोटाको छायाँकन, सिलोन लम्सालको सम्पादन रहेको छ भने नारायण आचार्य ‘ह्याप्पी’को पनि अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव