रौतहट प्रहरीद्धारा फरार तस्कर पक्राउ
रौतहट– प्रहरीले रौतहटबाट भारततर्फ तस्करी गर्दै आएका लामो समयदेखी फरार एकजना तस्करलाई पक्राउ गरेको छ । गत बैशाख २६ गते नेपालबाट गाई र बाच्छी तस्करी गरी भारत तर्फ लैजाने क्रममा प्रहरीलाई हेर्नसाथ फरार भएका रौतहट फतुवा विजयपुर नगरपालिका वडा नं ८ का ५२ वर्षीय लम्बुु भन्ने शेख सफरुललाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरी निरीक्षक पप्पुु नायकको कमाण्डमा खटिएको प्रहरी टोलीले तस्कर सफरुललाई जिल्लाको ईशनाथ नगरपालिका वडा नं ३ बन्जरहा बाँध दशगजा क्षेत्रबाट आज दिउँसो सबा ३ बजेको समयमा पक्राउ गरेको हो ।
पक्राउ परेका सफरुलमाथि आवश्यक कार्यवाही भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै बरामद भएका गाई र बाच्छीलाई आवश्यक कार्यवाहीको लागी जिल्ला भन्सार कार्यालयमा पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न