मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरा पद्म नर्सिङ होम विवाद: टुंगियो सञ्चालकको विवाद

शुक्रबार, ०३ साउन २०७६, १९ : २०
शुक्रबार, ०३ साउन २०७६

पोखरा– अस्पतालको मागअनुसारको रकम दिन राजी भएपछि पोखरा पद्म नर्सिङ होम अस्पताल र पद्म नर्सिङ होम स्कुुल अफ स्कुलिङबीचको विवाद टुंगिएको छ । अस्पतालको माग अनुसार ६० लाख रुपैयाँ  बुझाउने सहमतिपछि विवाद टुंगिएको कलेज प्रशासनले जनाएको छ । 

अस्पतालको माग अनुसारको रकम तिर्ने सम्झौतापछि विवाद टुङ्गिएको कलेज प्रमुुख इन्दु थापाले जानकारी दिइन् ।  ‘उहाँहरुको मागअनुसारको रकम दिने सहमति भै सकेपछि विवाद टुंगिएको छ,’ उनले भनिन्, ‘पहिलो किस्तामा ३० लाख तत्कालै बुझाउँने, बाँकी ३० लाख १०÷१० लाख गरि ३ पटकमा बुझाउने सहमति पछि विवाद टुंगियो ।’ यो सँगसँगै कलेजलाई अर्को १ सय शैयाको अस्पतालमा मर्ज हुने बाटो समेत खुलेको उनले खुलाइन् ।

‘कलेजलाई पनि आफ्नो स्वामित्वबाट फुक्का गरिदिनुभयो,’ उनले भनिन्, ‘उहाँहरुले बेड पनि नथप्ने, कलेज पनि नचाहिने बताउँनु भयो । अब हामी उहाँहरुको स्वामित्वमा छैनौं ।’  कलेजले १ सय शैयाको अर्को अस्पतालसँग सम्झौता गरेर अघि बढ्ने उनले जानकारी दिएन । ‘एक दुई वटा अस्पतालसँग कुरा पनि भइरहेको छ, उहाँहरुसँग कुरा मिलेपछि उहाँहरुकै नाम दिएर कलेज सञ्चालन गछौं,’ उनले भनिन्, ‘हामीले खोज्न त खोजिरहेका थियौ, अहिलेसम्म बाटो खुलेको थिएन । अब खुल्यो ।’  

विवाद टुंगिएसँगै नयाँ विद्यार्थी भर्ना रद्द हुने खतरा समेत टरेको उनले सुनाइन् । ‘अहिलेसम्म पत्र पाएका थिएनौं,’ उनले भनिन्, ‘अब आधिकारिक पत्र पनि पायौं । छिट्टै नयाँ १ सय बेडको अस्पतालसँग सम्झौता गरेर अघि बढ्छौं । लगभग नयाँ विद्यार्थी भर्ना रद्द हुने खतरा पनि टुंगिएको छ ।’ 

अस्पतालका प्रवन्ध निर्देशक डाक्टर योगमान शाक्यले कलेजले चाहे अनुसारनै सम्झौता गरेको जानकारी दिए । ‘उहाँहरुले चाहे अनुसार भयो,’ उनले भने, ‘त्यही अनुसारको सम्झौता गरेर विवाद टुंगाइयो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप