मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

राहत तथा पुननिर्माणको माग गर्दै संसदमा प्रस्ताव दर्ता

शुक्रबार, ०३ साउन २०७६, १८ : ०४
शुक्रबार, ०३ साउन २०७६

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले बाढी पहिरोबाट पीडित भएकाहरुको लागि राहत तथा पुनननिर्माणको माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । 

चार पाँच दिन लगातार परेको पानीका कारण तराई मधेश लगायत देशैभरि बाढी आएको थियो । त्यो बाढीबाट तराई मधेशका जिल्लामा हजारौं नागरिक विस्थापित भएको भन्दै राहत तथा पुनर्निर्माणको माग राख्दै सांसद साहले सो प्रस्ताव दर्ता गराएका हुन् । 

बिहिवार दर्ता गराइएको प्रस्तावलाई समाजवादी पार्टीका सांसद उमाशंकर अरगरिया तथा नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले समर्थन गरेका छन् ।  राज्यले तत्काल बाढी प्रभावित क्षेत्रका पीडितलाई तत्काल अस्थायी सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने, आवश्यक खाद्यान्नको व्यवस्था गर्नुपर्ने, अवरुद्ध सडक, बिजुली, संचारलगायतको पूर्वाधार सुचारु गर्नुपर्ने, मृतकका परिवारलाई राहतस्वरूप ५ लाख नगद तथा घाइतेको उपचार गर्नुपर्ने जस्ता तत्कालीन माग राखेर प्रस्ताव दर्ता गराइएको हो । 

साथै दुषित पानी तथा फोहोरमैलाका कारण माहामारी फैलिन सक्ने भन्दै पूर्व तयारी गर्न आग्रह गरिएको छ ।  चुरेदेखि भारतीय सीमासम्म मुख्य नदीहरुमा मजबुत बाँध निर्माण, नदीको बहाव क्षेत्रको जग्गा अतिक्रमण रोक्न, पानीको प्राकृतिक बहाव अवरुद्ध हुनेगरी बनाइएको संरचना हटाउन एवम् नदीको गहिराई कायम राख्न चुरे क्षेत्रमा हुने भु–स्खलन रोक्नुपर्ने जस्ता माग प्रस्तावमार्फत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप