म माथि नेकपाका नेताले षड्यन्त्र गरे: मोहन बस्नेत
काठमाडौँ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले आफुलाई बद्नाम गर्न नेकपाका नेताहरु नै लागि परेको आरोप लगाएका छन् । बस्नेतले स्रोत नखुलेको ६१ करोड रुपैयाँ प्रणामी बचत तथा सहकारी संस्थामा राखेको समाचार आएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले सो सहकारीमा आफ्नो तथा आफ्नो परिवारका कसैको पनि खाता समेत नभएको भन्दै सहकारीले समेत त्यसवारे प्रस्ट्याई सकेको दावी गरेका छन् । ‘मलाई राजनीतिक र सामाजिक दुवै हिसावले बदनाम गर्ने नियतले यस किसिमको तथ्यहिन कपोकल्पित कुरा बाहिर ल्याएएको हो ।
यसरी बदनाम गर्न सत्तासिन नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का व्यक्तिहरुकै संलग्नता देखिन्छ’ बस्नेतले पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनेका छन् । उनले मिडिया काउन्सिल विधेयक स्वतन्त्र मिडियाको पक्षमा नभएकाले विरोध गर्दै आएको र त्यसमा सत्तारुढ दलका नेताहरुलाई पाच्य नभएपछि आफुविरुद्ध षड्यन्त्र रचिएको बस्नेतको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै