भारतभन्दा दोब्बर महङ्गो नेपाल, काठमाडौँ उपत्यकामा सबैभन्दा बढी महङ्गी
नेपाल राष्ट्र बैङ्कले मूल्यवृद्धि भएको प्रतिवेदन सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष (२०७५/०७६) को मुद्रास्फीति साढे ४ प्रतिशत पुगेको छ । जेठ महिनामा उपभोक्ता मुद्रास्फीति ६.२ प्रतिशत पुगेको छ भने खाद्य र पेय पदार्थको महङ्गी पनि ह्वात्तै बढेको छ ।
जेठ महिनामा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ६.७ प्रतिशत छ जसमा माछा मासुको ७.६ प्रतिशतले मूल्य बृद्धि भएको छ भने तरकारीको १४.६ प्रतिशतले मूल्यवृद्धि भएको छ र खाद्यान्नको ५.६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।
यता गैरखाद्यतर्फ औसतमा ५.७ प्रतिशतको महङ्गी छ । जसमा घरायसी सेवा तथा उपयोगिता सात प्रतिशतले बढेको छ भने लुगा तथा जुत्तामा पनि सात प्रतिशतकै महङ्गी वृद्धि छ । यातायातमा ४.७ प्रतिशतले बृद्धि छ भने फर्निसिङ तथा घरायसी उपकरणमा ५.७ प्रतिशतको मूल्यवृद्धि छ ।
काठमाडौँ सबैभन्दा महङ्गो
क्षेत्रगत मूल्यवृद्धिलाई आधार मान्दा काठमाडौँ उपत्यका सबैभन्दा बढी महङ्गीमा देखिएको छ । काठमाडौँ उपत्यकामा अहिले ७.१ प्रतिशतको महङ्गी वृद्धि छ । यस्तै तराईमा ५.८ प्रतिशत, पहाडमा ५.७ प्रतिशत र हिमालमा ६.५ प्रतिशत छ । यता भारतको वार्षिक उपभोक्ता महङ्गी ३.१८ हुँदा नेपालमा भने ६.२० प्रतिशत रहेको छ ।
रेमिट्यान्स १७.५ प्रतिशतले वृद्धि
जेठ महिनासम्म ७ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । समिक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १७.५ प्रतिशतले बढेको हो । अमेरिकी डलरको रेमिट्यान्स आप्रवाह भने खुम्चिएको छ । ८.१ प्रतिशतले मात्र यस्तो रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको छ । अघिल्लो वर्षको यसै अवधिमा ९.७ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैङ्कमा ८ खर्ब ८५ अर्ब विदेशी विनिमिय सञ्चिती
विदेशी विनिमय सञ्चिती पछिल्लो समय घट्दै गएको तथ्याङ्क राष्ट्र बैङ्कसँगै छ । उसको तथ्याङ्कलाई आधार मान्ने हो भने जेठ मसान्तसम्म केन्द्रिय बैङ्कमा ८ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिती छ । कुल १० खर्ब ३० अर्ब ८८ करोड विदेशी विनिमय सञ्चिती रहेकोमा राष्ट्र बैङ्कसँग मात्र सो ८ खर्ब ८५ अर्ब रुपैयाँ सञ्चिती रहेको हो ।
बैङ्क तथा वित्तिय संस्थासँग भने १ खर्ब ४५ अर्ब ५ करोड रुपैयाँ सञ्चिती रहेको छ । एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग अहिले ८.८ महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्यापत रहेको राष्ट्र बैङ्कले भनेको छ ।
विदेशी विनिमय सञ्चितीको कुल ग्राहस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगको अनुपात क्रमशः २९.८ प्रतिशत, ६४.६ प्रतिशत र ३० प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट
-
कीर्तिपुरमा स्वतन्त्रमध्ये कसलाई सहयोग गर्ने निर्णयमा पुग्न सकेन रास्वपा
-
यी पाँच औषधिको नियमित सेवन गर्नु हुन्छ ? गुम्ला है स्मरणशक्ति
-
दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो
-
सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेपछि बिनु यादव पक्राउ
-
बकवास गीत लेख्नु पनि मुस्किलकाे काम हो: जावेद अख्तर