ग्लोबल आइएमइ लघुवित्तको शतप्रतिशत हकप्रद बिक्री साउन २१ बाट खुल्ने
शुक्रबार, ०३ साउन २०७६, १५ : २७
ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्थाको हकप्रद सेयर आगामी साउन २१ गतेदेखि निष्काशन हुने भएको छ ।
कम्पनीले ११ लाख ४ हजार ७ सय ७५ कित्ता सेयर निष्काशन गर्दैछ । यसको अंकित मूल्य सय रुपैयाँ तोकिएको छ ।
यसका लागि भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तले एक कित्ता सेयर बराबर थप एक किता सेयर दिनेछ ।
यसमा असार ३१ सम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
यस हकप्रदलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । हकप्रद बिक्रीपछि कमपनीको चुक्ताँपुँजी २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्नेछ ।
हाल यसको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी