काबुल विश्वविद्यालयमा बम विस्फोट, ४ जनाको मृत्यु
शुक्रबार, ०३ साउन २०७६, १३ : ५२
काबुल– अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । यसमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।
स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१० मा उक्त विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको थियो । घाइते आठ जनामध्ये एक जना भने किशोरी रहेको जनाइएको छ ।
यस विस्फोटको अनुसन्धान जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । –सिन्ह्वा/ picture: Omar Sobhani/Reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने