शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२४ वर्ष कान्छी सुन्दरीसँग विवाह गरेपछि छोडेका थिए राजगद्दी, अहिले सम्बन्धविच्छेद

शुक्रबार, ०३ साउन २०७६, १३ : ४१
शुक्रबार, ०३ साउन २०७६

मलेशियाका पूर्व राजा रुसी मोडलको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेकी श्रीमतीसँग अलग्गिएको रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्ट अनुसार बच्चा जन्मेको केही हप्तापछि नै दुबैको सम्बन्धविच्छेदको खबर सार्वजनिक भएको हो ।

केलातनका सुल्तान मोहम्मद–ख् (५०) ले गत वर्ष नोभेम्बरमा मिस मस्को भइसकेकी रिहाना ओकसाना वोवोदिना (२७) सँग विवाह गरेका थिए ।

उनकी नयाँ श्रीमतीले एक रियालिटी टिभी शोमा स्विमिङ पुलमा यौन सम्बन्ध स्थापित गरेको रिपोर्ट सार्वजनिक भएपछि उनले सत्ता त्याग गरेका थिए ।

स्ट्रेट टाइम्सको रिपोर्ट अनुसार सुल्तान र उनकी श्रीमतीले विवाहको केही महिनापछि नै सम्बन्धविच्छेद गरेका छन् । यद्यपि, सम्बन्धविच्छेदको कारण स्पष्ट हुन सकेको छैन ।

Picture: AFP/Getty Images

रिपोर्ट अनुसार सम्बन्धविच्छेद जुलाई १ तारिखमा रजिस्टर गरिएको थियो । यो सम्बन्धविच्छेद सिंगापुरमा पंजीकृत गरिएको छ ।

हालै, इन्स्टाग्राममा आफूभन्दा करिब २४ वर्ष जेठा श्रीमान् मोहम्मदबाट ओकसानाले छोरालाई जन्म दिएको पुष्टि गरेकी थिइन् ।

Picture: rihanapetra/Instagram

पूर्व मिस मस्कोले इन्स्टाग्राममा आफ्नो परिवारसँगका विभिन्न तस्बिर राखेकी थिइन् र उनले अंग्रेजी र रुसी भाषामा मेसेज पनि लेखेकी थिइन् ।

अंग्रेजी र रुसी भाषामा लेखिएको एउटा पोष्टमा ओकसानाले उनका छोरा एकदिन मलेशियाको राजा बन्ने आशा व्यक्त गरेकी थिइन् ।

ओकसानाले केलातनका भविष्यका राजा उनका छोरा नै हुनुपर्ने बताएकी छिन् । पूर्व मिस मस्कोले जुलाई ६ मा श्रीमानसँगको रोमान्टिक तस्बिर सेयर गरेकी थिइन् ।

Picture: rihanapetra/Instagram

आफ्नो बच्चासँगको एउटा तस्बिरमा ओकसानाले क्याप्सनमा लेखेकी थिइन्, ‘२१ मे २०१९– त्यो दिन मेरो जीवन ‘बिफोर र आफ्टर’ मा बाँडियो ।’

उनले लेखिन्, ‘बच्चाको जन्मपछि एक महिलामा आउने परिवर्तन बारे मलाई जे जति भनिएको थियो, त्यो सबै प्रमाणित भइरहेका छन् । प्रेम निकै विशेष हुन्छ, अलग महसुस भइरहेको छ । म आफ्नो छोराका लागि अल्लाह र आफ्ना श्रीमानप्रति आभारी छु । अब हामी तीन भएका छौं ।’

Picture: rihanapetra/Instagram

बच्चाको जन्मकामे घोषणाका साथै ओकसानाले गर्भावस्था र मस्को विवाहको तस्बिर पनि सेयर गरेकी थिइन् । आफ्नो विवाहको तस्बिर सेयर गर्दै पूर्व राजाकी श्रीमतीले लेखेकी थिइन्, ‘यो निकै शानदार र सुन्दर विवाह थियो ।’

ओकसानाले पाँच महिना अघि उनीहरुले गोप्य रुपमा मुस्लिम रिति रिवाजमा विवाह गरेको बताएकी थिइन् । त्यसपछि मस्कोमा सबैका लागि कार्यक्रमको आयोजना गरियो । १९ जुलाई दुबैको विवाहको वर्षगाँठ पनि हो ।

Picture: rihanapetra/Instagram

ओकसाना को हुन् ?

ओकसाना रुसी अर्थोपेडिक सर्जनकी छोरी हुन् । तीन वर्षअघि उनले मिस मस्कोको उपाधि पनि जितेकी थिइन् ।

रिपोर्ट अनुसार ब्युटी क्विनले नक्कली परिचयसहित एक रियालिटी टिभी शोमा भाग लिएकी थिइन् । यतिबेला उनले स्विमिङ पुलमा एक व्यक्तिसँग रोमान्स गरिरहेको तस्बिर भाइरल भएको थियो ।

सम्बन्धविच्छेदको खबरबीच ओकसानाले बिहिबार बेलुकीमात्रै इन्स्टाग्राम एउटा भिडियो सेयर गरेकी छिन् जसमा उनका श्रीमान् एवं पूर्व राजाले आफ्नो प्रेमसम्बन्ध बारे कुरा गरिरहेको देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप