शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारततर्फ लैजाँदै गरेका ११ जनाको मोरङबाट उद्दार, ३ जना पक्राउ

शुक्रबार, ०३ साउन २०७६, १३ : ३०
शुक्रबार, ०३ साउन २०७६

मोरङ–रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा मोरङबाट ११ जनाको उद्धार गरिएको छ ।  जिल्लाको उर्लाबारी नगरपालिका–४ बस्ने २६ वर्षीय करन लिम्बुसहित ११ जनालाई बिहीबार राति प्रहरीले उद्दार गरेको हो ।

उनीहरुलाई भारततर्फ लैजाने मोरङ उर्लाबारी नगरपालिका–४ बस्ने ४८ वर्षीय फुर्का उराम, ४५ वर्षीया फुल कुमारी उराम र सुनसरी हरिनग्रा गाउँपालिका–७ बस्ने ४० वर्षीय हफिज अन्सारीलाई प्रहरीले पक्राउ परेका छन् । पक्राउ परेकाहरमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप