बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माछापुच्छ्रे बैङ्कले ब्याजबाट कमायो साढे ३ अर्ब, नाफामा ३६ प्रतिशतको बृद्धि

शुक्रबार, ०३ साउन २०७६, १३ : ०८
शुक्रबार, ०३ साउन २०७६

माछापुच्छ्रे बैङ्कले नाफा कमाएको चौथो त्रैमासको प्रतिवेदन सार्वजनिक गरेको छ ।

माछापुच्छ्रे बैङ्कले एक अर्ब ७० करोड रुपैयाँ ३५ लाख ३५ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

गत वर्षको यसै अवधिको तुलनामा ३६.३२ प्रतिशतले नाफा बढेको हो । गत वर्ष १ अर्ब २४ करोड ९६ लाख रुपैयाा नाफा गरेको थियो ।

बैङ्कले ब्याज आम्दानीबाट ३ अर्ब ५३ करोड ९९ लाख ४७ हजार रुपैयाँ कमाएको छ । यो गत वर्षको तुलनामा  २९ प्रतिशतले बृद्धि हो । गत वर्षको यसै अवधिमा बैङ्कले २ अर्ब ७३ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैङ्कले स्प्रेडदर घटाएर ४.२७ प्रतिशतमा झारेको छ । बैङ्कको आधारदर १०.३७ प्रतिशत छ । बैङ्कको प्रतिसेयर आम्दानी २१ रुपैयाँ १४ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप