लण्डनमा सुरु भयो नेपालको बस ब्रान्डिङ अभियान
शुक्रबार, ०३ साउन २०७६, १२ : ३८
‘नेपाल भ्रमण वर्ष २०२०’ नेपालले राखेको महत्त्वकांक्षी लक्ष्य पूरा गर्ने उद्देश्यले बेलायतस्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ‘बस ब्राडिङ’ सुरु गरेको छ ।
लगभग ५० रुटमास्टर बसमा नारासहित पार्लियामेन्ट स्वायर, वेस्तमिनिस्टर, ट्रफलगर स्वायर, किङ्टोन हाई स्ट्रीट, अक्फोर्डजस्ता लण्डनका मुख्य स्थानमा पर्यटन प्रवद्र्धन अभियान सुरु गरेको हो ।
दुई सातासम्मको यस अभियान लण्डनका ४५ लाख मानिसमा पुग्ने अपेक्षा गरिएको छ । यसअघि पनि लण्डनको रेल स्टेसन तथा विश्व कप क्रिकेट भएको स्थानमा पनि अभियान सञ्चालन गरिएको थियो ।
लण्डनस्थित नेपाली दूतावसका प्रवक्ता शरदराज आरनले नेपालमा बेलायती पर्यटक सङ्ख्या विगत वर्षभन्दा यसपटक वृद्धि हुने अपेक्षा गरिएको साउथ एसिया टाइम्सलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए