बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाढीले क्षतीग्रस्त जयनगर देवाही मौलापुर सडक सुचारु

शुक्रबार, ०३ साउन २०७६, १२ : १२
शुक्रबार, ०३ साउन २०७६

रौतहट ।

रौतहट । अबिरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीको पानीले क्षतिग्रस्त बनेको जयनगर, देवाही, मौलापुर सडकखण्ड सुचारु भएको छ ।

उत्तरीभेग गर्जा कटहरियाघाटस्थित लालबकैया नदीको पुलको बाटो बन्द हुँदा अहिले जयनगर मौलापुर सडक मुख्य बाटोको रुपमा प्रयोग भइरहेको छ ।

नेकपा प्रदेश २ का अध्यक्ष एवम् रौतहट क्षेत्र–३ का संघिय सांसद प्रभु साहको निर्देशनमा मौलापुर नगरपालिकाको लगानीमा उक्त सडकखण्ड यथाशीघ्र मर्मत भई सञ्चालन भएको हो ।

मौलापुर स्थित लालबकैया नदीको पुलछेउमा बाढीले बनाएको ठूल्ठुला खाडल तीनवटा जेसिवीको माध्यमले अहोरात्र खटेर पुरेर बाटो सञ्चालन गराइएको प्रशासकिय अधिकृत सिकिन्द्र साहले बताए ।

उक्त बाटोको तत्काल मर्मतमा मौलापुर नगरपालिकाको १० लाख भन्दा बढी रुपैयाँ खर्च भएको अधिकृत साहले जानकारी गराएका छन् ।

अविरल वर्षासँगै केही दिनअघि लालबकैया नदीमा आएको बाढीले क्षेत्र ३ अन्तरगत गर्जा, कटहरिया, मौलापुर घाटमा रहेको लालबकैया नदीको पुलछेउको बाटो बगाएको थियो ।

मौलापुर, घाटको बाटो मर्मत भइसक्दा पनि कटहरिया र गर्जाघाटको पुलछेउको बाटोमा बनेको खाडल हालसम्म पुर्न नसकिएको कारण सो भेगका मानिसलाई कलैया, वीरगञ्ज तथा पारीका गाउँहरु जान कठिनाइ भएको छ ।

साइकल र मोटरसाइकल जसोतसो आवतजावत गरे पनि चारपाङ्ग्रे सवारीसाधन चढ्न १५ किलोमिटर टाढा मौलापुर जानुपर्ने बाध्यता भएको कटहरियाका समाजसेवी तवारक मुसलमानले गुनासो गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप