नेकपामा यस्तो देखियो शक्तिसन्तुलन
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को एकीकरण घोषणा भएको १४ महिना बितेपछि सांगठनिक एकीकरणले करिब–करिब पूर्णता पाएको छ । सांगठनिक एकीकरणलाई पूर्णता दिँदा मापदण्डका आधारमा तत्कालिन दुई पार्टीबीच भागबण्डाका आधारमा टुङ्गाइएको छ । पार्टीका संगठनात्मक संरचनाले पूर्णता पाएसँगै नेकपामा शक्ति सन्तुलन पनि स्पष्ट देखिएको छ ।
सचिवालय
पार्टी एकीकरण लगत्तै पूर्णता पाएको ९ सदस्यीय सचिवालयमा तत्कालिन एमालेको कोटाबाट ६ नेता सचिवालयमा छन् । यस्तै तत्कालिन माओवादीको कोटाबाट ३ नेता सचिवालयमा छन् । तत्कालिन एमालेमा पूर्व प्रधानमन्त्रीलाई सचिवालयमा सहभागी गराउने सहमति अनुसार बहुमत सदस्य संख्या तत्कालिन एमालेको छ । सचिवालयनै अहिले पार्टीको निर्णयक निकाय बनेको छ ।
स्थायी कमिटी
नेकपाको ४५ सदस्यीय स्थायी कमिटी छ । स्थायी कमिटीमा तत्कालिन एमालेको कोटाबाट २६ नेता सदस्य छन् । यस्तै तत्कालिन माओवादीको कोटाबाट १९ नेता सदस्य छन् । पार्टी विधानले स्थायी कमिटीलाई निर्णायक मानेको छ । यद्यपि यो कमिटीबाट अहिलेसम्म कुनै निर्णय हुन सकेका छैनन् ।
केन्द्रीय कमिटी
नेकपाको केन्द्रीय कमिटी ४४१ सदस्यीय रहेको छ । केन्द्रीय कमिटीमा तत्कालिन एमालेको संख्या २४१ छ । तत्कालिन माओवादीका २०० केन्द्रीय सदस्य छन् ।
प्रदेश कमिटी
सात प्रदेश कमिटीमा २८ पदाधिकारी (इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव) छन् । जसमा तत्कालिन एमालेबाट ६ प्रदेशमा इन्चार्ज छन् भने एउटा प्रदेशमा मात्रै तत्कालिन माओवादीको इन्चार्ज छ । प्रदेश अध्यक्षमा तत्कालिन एमालेका २ र तत्कालिन माओवादीका ५ अध्यक्ष छन् । प्रदेश कमिटीको भागबन्डामा प्रदेश पदाधिकारीसहित प्रदेशसदस्य संख्यामा ५३.३९ प्रतिशत तत्कालिन एमाले र ४६.६० प्रतिशत तत्कालिन माओवादीका नेता छन् ।
जिल्ला कमिटी
नेकपाको भुगोलका ७७ जिल्ला कमिटीको नेतृत्वमा ४४ जिल्लामा तत्कालिन एमालेको कोटामा परेको छ । ३३ जिल्लाको नेतृत्व तत्कालिन माओवादीको भागमा परेको छ । यस्तै ४४ जिल्लामा तत्कालिन माओवादीतर्पmका नेता सचिव छन् भने ३३ जिल्लामा तत्कालिन एमालेका नेता सचिव छन् । जिल्ला कमिटीको सदस्य संख्या न्युनतम १२५ सदस्यीय हुने तर एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र बरावर थप १० सदस्यका हिसावले सवै जिल्ला कमिटी लगभग टुंगिएका छन् । जिल्ला कमिटीको सदस्य संख्या ५५ र ४२ प्रतिशतकै आधारमा भागबन्डा गरिएको छ ।
जनवर्गीय संगठन
नेकपाका २२ जनवर्गीय संगठनको भागबन्डामा तत्कालिन एमालेले १६ र तत्कालिन माओवादीले ६ ओटा जनवर्गीय संगठनको नेतृत्व गरेको छ । जनवर्गीय संगठनको नेतृत्वमा भने अन्य संगठनभन्दा तत्कालिन एमालेको वर्चस्व रहेको छ ।
विभाग
नेकपामा ३२ विभाग छन् । जसमा तत्कालिन एमाले १८ र तत्कालिन माओवादीले १४ विभागको नेतृत्व लिने गरी भागबन्डा टुङ्गिएको छ । त्यस्तै विभाग ३५ सदस्यीय रहने छ । जसमा तत्कालिन नेकपा एमालेका २० र तत्कालिन माओवादीका १५ नेता विभागको सदस्य रहनेछन् ।
जिल्ला इन्चार्ज
नेकपाले ७७ वटा जिल्ला इन्चार्जको भाग बन्डा ६०–४० को अनुपातमा गर्ने सहमति गरेको छ । जसअनुसार ४६ जिल्ला इन्चार्ज तत्कालिन एमालेको कोटामा परेको छ भने ३१ जिल्ला इन्चार्ज तत्कालिन माओवादीको कोटामा परेको छ । जिल्ला पनि तत्कालिन एउटा पार्टीको इन्चार्ज भएको खण्डमा तत्कालिन अर्को पार्टीको सह–इन्चार्ज हुने छन् ।
आयोग
नेकपामा ३ आयोग रहनेछन् । जसमा २ आयोगको नेतृत्व तत्कालिन एमालेको भागमा परेको छ भने १ आयोगको नेतृत्व तत्कालिन माओवादीको कोटामा परेको छ । आयोग ३१ सदस्यीय बन्ने छ । जसमा तत्कालिन एमालेको कोटोबाट १८ र तत्कालिन माओवादीको कोटाबाट १३ सदस्य रहनेछन् ।
केन्द्रीय सल्लाहकार समिति
नेकपाको २२१ सदस्यीय केन्द्रीय सल्लाहकार समिति बन्ने भएको छ । जसमा तत्कालिन एमालेबाट १२१ र तत्कालिन माओवादीबाट १०० सदस्य रहने छन् ।
जेष्ठ कम्युनिष्ट मञ्च
नेकपाको जेष्ठ कम्युनिष्ट मञ्च २२१ सदस्यीय बन्ने भएको छ । जसमा १२१ तत्कालिन एमाले र १०० तत्कालिन माओवादीका सदस्य रहने भएका छन् ।
अन्य केही कमिटी टुङ्गिन बाँकी
नेकपामा पोलिटब्यूरो गठन गर्ने वा नगर्ने भन्नेमै सहमति जुटेको छैन । पोलिटब्यूरो गठन भएमा १४७ सदस्यीय बन्ने छ । त्यसको भागबन्डा पनि टुङ्गिसकेको छ । जसमा तत्कालिन एमालेबाट ८१ र तत्कालिन माओवादीबाट ६६ नेता सदस्य बन्ने छन् । यस्तै केन्द्रीय सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी र प्रवास कमिटीको एकीकरण भने टुंगो लाग्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप
-
अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
-
पत्रकार आचार्यलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
-
जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन