बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पेट्रोलियम पाइपलाइन १५ महिनाअघि सम्पन्न हुँदै

शुक्रबार, ०३ साउन २०७६, ०६ : ४७
शुक्रबार, ०३ साउन २०७६

तोकिएको समयभन्दा झन्डै आधा समयमै भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने भएको छ । 

परीक्षणका रूपमा दैनिक पेट्रोलियम पदार्थ अमलेखगञ्ज ल्याइन थालिएपछि तोकिएको समयभन्दा झन्डै आधा समयमै पेट्रोलियम आउने भएको हो । यो आयोजना ३० महिनामा तयार गर्ने गरी १५ महिना अघि सुरु गरिएको थियो । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले परीक्षणका रूपमा पेट्रोलियम ल्याउन थालिएको स्पष्ट पारे । उनले भने, “हामी साउनभित्रै पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउने तयारीमा छौंँ । ” पेट्रोलियम पाइपलाइन राष्ट्रिय गौरवको आयोजना पनि हो । 

भारतको बरौनीदेखि पटना, पटनादेखि मोतिहारी र मोतिहारीदेखि अमलेखगञ्जसम्मको क्षेत्रमा पेट्रोलियम आपूर्तिको दैनिक परीक्षण भइरहेको छ । गोइतको भनाइ छ, “अहिले कतिसम्म धमिलो आयो, पानी मिसिएको छ÷छैन, शुद्धता कस्तो छ, यी सबै कुराको परीक्षण भइरहेको छ । ” 

पाइप लाइनको हाइड्रो टेस्टिङपछि अन्तिम परीक्षण गरिएको हो । पाइप लाइनबाट पहिलो चरणमा डिजेल ल्याउने तयारी भएको छ । सफ्टवेयर जडानसँगै फ्लो मिटरको जडानसहित भण्डारणको पनि परीक्षण भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप