नागढुङ्गाबाट ब्राउनसुगरसहित २ जना पक्राउ
बिहीबार, ०२ साउन २०७६, २१ : ४९
काठमाडौं-काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा बिर्तामोड चारआली बस्ने २२ वर्षीय आकाश लिम्बू र काठमाडौँ गोङ्गबु बस्ने २४ वर्षीय विशाल मगर रहेका छन् । उनीहरुमध्ये लिम्बूको साथबाट लागुऔषध ब्राउनसुगर ५.८४ ग्राम र मगरको साथबाट लागुऔषध ब्राउनसुगर ०.४० ग्राम बरामद भएको छ । काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ६३७४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लिम्बू र मगरलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।
यसैबीच काठमाडौँ महानगरपालिका–३ मैतीदेवी मन्दिर परिसरमा बस्दै आएका काभ्रेपलाञ्चोक घर भएका ४९ वर्षीय विष्णुबहादुर तामाङ आज मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमान खानको घर बाहिर गोलाबारी मामिलामा अर्का व्यक्ति पक्राउ
-
जीवन चलाउने विरुद्ध डिफ्युजन नोटिस जारी
-
माधवसँगको भेटपछि शीर्ष नेतासँगको छलफलमा देउवा
-
सरकारी गाडीमा माओवादीका प्रदेशसभा सदस्यको मुस्ताङ सयर
-
नेदरल्यान्डको राजधानी एम्स्टर्डममा नयाँ होटल बनाउन रोक
-
ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी