विश्वकप छनोटमा नेपाल कठिन समूहमा
बिहीबार, ०२ साउन २०७६, १९ : ४३
काठमाडौं– सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको एसियाली छनोट खेलमा नेपाल कठिन समूहमा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले मलेसियामा बुधबार सार्वजनिक गरेको छनोट खेलको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुबेत छन् । समूहमा विश्वकप खेलिसकेको अस्ट्रेलिया निकै बलियो टोली हो ।
एएफसीले एसियाका ४० देशलाई आठवटा समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा पाँच टोली छन् । दोस्रो चरणको छनोट खेल सन् २०२० सेप्टेम्बर ५ देखि जुन ९ तारिखसम्म सञ्चालन हुनेछन् । दोस्रो चरणको छनोट खेलपछि आठवटै समूहका विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी १२ टोली तेस्रो चरणमा छनोट हुनेछन् । तेस्रो चरणमा छनोट हुने टोलीले सन् २०२३ को एसियन कप खेल्ने मौका पाउँनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
-
दोस्रो जनआन्दोलनले गर्भे टुहुरो बनायो विजयराज पाण्डेलाई
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह
-
१० बजे, १० समाचार