लाखौं रकम ठगेर फरार व्यापारी साधुको भेषमा पक्राउ
रौतहट– ठगीको करोडौं रकम पचाउन साधु (जोगी) बनेको दृष्य प्रायः हिन्दी सिनेमामा हेर्न पाईन्छ, वास्तविक जीवनमा होइन । तर रौतहट कटहरियाका एकजना व्यापारीले भने त्यसरी ठगी गरेका छन् । साधुको भेषमा भारतको उतराखण्ड स्थित हरिद्धारबाट कटहरिया ५ का व्यापारी श्रीभगवान साह पक्राउ परेका छन् ।
कटहरिया क्षेत्रका व्यापारी, किसान, मजदुर, गृहणी लगायत दर्जनौ मानिससँग करोडौं रकम लिएर फरार श्रीभगवानलाई भारतीय प्रहरीको सहयोगमा केही दिनअघि हरिद्धाराबाट पक्राउ गरी नेपाल ल्याइएको हो । ठुलो धनराशी लिएर फरार व्यापारी साहलाई जिल्ला प्रहरी कार्यालय रौतहटले आज (बिहिवार) सार्वजनिक गरेको हो ।
केन्द्रिय सिआबी टोली र भारतीय प्रहरीको सहयोगमा निजलाई भारतको हरिद्धारबाट केहीदिन अघि पक्राउ गरी ल्याएर ठगी बारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए ।
उनले जिल्लाका दर्जनौ मानिससँग करोड बढी रकम ठगी गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
अपहरणको नाटक गरेर व्यापारी साह कसरी भागे ?
कटहरिया ५ बजारस्थित माईक्रो फाईनान्स र आईएमई व्यवसाय गर्दै आएका व्यापारी श्रीभगवान साह गत बैशाख १७ गतेदेखि अपहरणको नाटक गरी सम्पर्कविहिन भएका थिए । व्यापारी साह भाग्नुभन्दा २ दिनअघि बैशाख १५ गते आफुसँग १३ लाख रुपैयाँ चार दिनमा फर्काउँछुु भनी लिएर फरार भएको किशोर आयल स्टोर गरुडाका सञ्चालक नन्दकिशोर साहले बताए ।
रकम लिएको केही दिनपछि श्रीभगवानका बुवा जियालाल साहले छोराको अपहरण भएको हल्ला फिजाएपछि आफु ठगिएकोबारे जानकारी पाएको किशोर आयलका सञ्चालक साहले गुनासो गरे । त्यसैगरी कटहरियाका किराना व्यापारी सुरेन्द्र साहको दुुईलाख रुपैयाँ आईएमई गरेर बाहिर साहुलाई पठाईदिन्छुु भन्दै श्रीभगवानले रकम लिएर भागेका थिए ।
पछि प्रहरीकोमा ठगीबारे लिखित जाहेरी दिन गएपछि श्रीभगवानका बुवा जियालाल साहले उक्त रकम फिर्ता गरेको किराना व्यापारी सुरेन्द्र साहले बताए । यी दुई उदाहरण मात्र हुन् । साहले दर्जनौ मानिससँग लाखौं लाख रकम लिएको कटहरिया ५ का वडाअध्यक्ष सर्फलाल प्रसादले दावी गरे ।
ठगीबारे लिखित जाहेरी दिन प्रहरीले आव्हान गरेपछि आफुले दिएको रकम असुरक्षित हुने डरले पीडितहरु प्रहरी समक्ष जाहेरी दिन जानबाट डराइरहेको वडा अध्यक्ष सर्फलाल प्रसादले जानकारी दिए । गत वैशाख १७ गते गरुडास्थित एकजना व्यापारी भोजिन्द्र साहको घरमा बक्यौता रकम २१ लाख लिन जाँदा उनकै घरबाट अपहरणमा परेको दावी गर्दै भोजिन्द्र र उनका छोरा रामकुमार चौधरीविरुद्ध जियालाल साहले प्रहरीमा जाहेरी दर्ता गराएका थिए ।
वैशाख १८ गते गरुडाका व्यवसायी भोजिन्द्र साहको घरबाट साहको लु४१ प ५७४९ नम्बरको गल्यामर मोटरसाईकल, चावी, चारवटा सिमकार्ड, नागरिकता प्रमाणपत्र, पैसा टन्सफर गर्ने सेन्चुरीको बिएलवी मेशिन, चेकबुक लगायतका केही कागजात प्रहरीले बरामद गरेको थियो ।
अर्कोतर्फ अपहरणको नाटक गरेका व्यापारी साहका बुवा जियालाल साह, स्थानीय व्यापारी तथा राजनीतिक दवाब थेग्न नसकी प्रहरीले गरुडाका व्यापारी भोजिन्द्रका छोरा रामकुमार चौधरीलाई गत बैशाख २० गते प्रहरीले नियन्त्रणमा लियो ।
घटनाको सत्य–तथ्य पत्ता लगाउन काठमाडौंबाट डिएसपी अर्जुुन केसीको कमाण्डमा सिआईबीको ४ जनाको टोली रौतहट झिकाइएका थिए । तर व्यापारी साहको सन्दर्भमा त्यस्तो कुनै संकेत हालसम्म देखापरेन । फिरौतीको माग कतैबाट नहुनुले पनि अपहरण नै हो भन्ने अवस्था नरहेको एसपी भुुपेन्द्र खत्री,अनुुसंधान अधिकृत प्रहरी निरिक्षक अनमोल खडका र सिआईबिका डिएसपी अर्जुन केसीले दावी गर्दै आएका छन् ।
अपहरणको नाटकले गरुडाका एक व्यापारीका छोरा रामकुमार चौधरी झण्डै तीन सातासम्म प्रहरीको हिरासतमा रहन बाध्य भए ।
को हुन् व्यापारी श्रीभगवान साह ?
तत्कालीन बगही गाविस (बगही गाउँ) हाल कटहरिया नगरपालिका– ७ घर भएका श्रीभगवान केही बर्ष अघिसम्म आफनो मामा पारस साहको कटहरियास्थित आईएमई सेवामा काम गर्दै आएका थिए ।
४–५ बर्षअघि मामा पारससँग छुटेर छुटै माईक्रो फाइनेन्स र आईएमई व्यवशाय सञ्चालन गरेका श्रीभगवानले सानो समयमा करोडौंको सम्पत्ति जोडेका छन् ।
कटहरिया बजार छेउमै जग्गा खरिद गरी तिनतले भवन,कटहयिा,मौलापुर,गरुडा,लालबन्दी, काठमाडौंसम्म आईएमई लगायत विभिन्न व्यापारको सञ्जाल फैलाएका थिए । स्रोतका अनुसार नेपाल सरकारद्वारा अबैध भनिएको हुण्डिको कारोवारबाट सानो समयमा उनले ठुुलो धनराशी कमाउन सफल भएका हुन् ।
नेपालका विभिन्न शहरका साथै सिमावर्ती भारतीय शहरका हुण्डी व्यापारीहरु श्रीभगवानसँग जोडिएको समेत स्थानीयवासीहरुको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए एकता महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक (कार्यतालिकासहित)
-
१० बजे १० समाचार : पहलगामको बाछिटा नेपालसम्म, रघुजी इन्-कान्छाराम आउट
-
जसपा नेपालले ‘कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा’ विषयक गोष्ठी गर्ने
-
जंगलमा अचेत अवस्थामा फेला परेका वडाध्यक्षको मृत्यु
-
पाकिस्तानी नागरिकलाई भिसा बन्द, ४८ घण्टाभित्र देश छाड्नुपर्ने
-
क्लासन र मनोहरले जोगाए हैदराबादको साख, मुम्बईसामु १ सय ४४ रनको लक्ष्य