सरकारले भन्यो–विप्लव समूहको शक्ति सञ्चयका लागि वार्ता हुँदैन
काठमाडौं– सरकारले प्रतिवन्धित विप्लव समूहले शक्ति सञ्चय गर्नेगरी वार्ता नहुने स्पष्ट पारेको छ।
सञ्चार तथा सूचनाप्रविधी मन्त्री गोकुल बास्कोटाले बिहीवार मन्त्रालयमा गरेको नियमित पत्रकार सम्मेलनका क्रममा यस्तो बताएका हुन् ।
मन्त्री बास्कोटाले विप्लव समूहलाई वार्तामा आउन भनिरहेको बताउँदै जेलमा राखिएका मान्छे छोड्दै उनीहरुको शक्ति सञ्चयका लागि वार्ता नहुने बताए ।
उनले भने, ‘वार्ताका लागि मान्छे छोड्नुपर्ने भन्ने हुँदैन । ५२ सालदेखि ६२ सालसम्म के भयो ? वार्ता गर्ने, छोड्ने फेरि शक्ति सञ्चय गर्ने ? फेरि त्यसकै दुस्चक्रमा फर्किने ? त्यसमा सरकार सचेत छ ।’
सरकारले समातेको मान्छे बन्दुक बोक्नका लागि छाडेर वार्ता गर्ने कुरा नहुने उनको भनाई छ ।
उनले भने, ‘वार्ता चाहिँ गर्ने, यसको निष्कर्षमा नपुग्ने र फेरि पहिलेकै अवस्थामा जाने भन्ने हुँदैन । कमजोर धरातलमा बसेर वार्ता हुँदैन ।’
मन्त्री बास्कोटाले अनुचित, गैरजिम्मेवार, असंवैधानिक मागमा वार्ता नहुने बताउँदै सिके राउतकोझै शान्तिपूर्ण राजनीति गर्ने प्रतिवद्धता सहित स्पष्ट भएर आए वार्ता गर्न तयार रहेको बताए ।
उनले भने, ‘एकलाई दुई बनाउने, छलाङ मार्ने हिजोकै जस्तो चक्र अब फेरि दोहोरिँदैन । उहाँहरुले एउटा होहल्ला सुरु गर्नुभएको छ । होहल्लाको पछि लागेर हुँदैन । उहाँहरु वार्ताका लागि आउनुहुन्छ भने स्वागत छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण